इटहरी / इटहरी बीपीचोक स्थित  कस्तुरी कलेज पूर्वी नेपालको उदयीमान व्यापारीक तथा  शैक्षिक केन्द्रको रूपमा फड्को मारिरहेको इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा  वि.सं. २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।

 आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व तथा २०५९ सालमा इनरुवाबाट कलेज आउने क्रममा दुर्घटनामा परी मृत्यु भएकि लक्ष्मि श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले रक्तदान गरेको कस्तुरी माबिका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताउनुभयो ।

रगतको अभावलाई केही मात्रामा भए पनि पूर्ति गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम कलेजको प्राङ्गणमा आयोजना गरिएको कलेजले बताएको छ ।

IMG_20241204_082845

स्थापनाकालदेखि नै विद्यार्थीहरूको अनुशासन र कडा परिश्रमले अभिभावकहरूको मन जित्दै आएको छ ।

कस्तुरी कलेजमा हाल मास्टर डिग्री समेत सञ्चालन हुँदै आएको कलेजका प्रधानाध्यापक कमलेश पौडेलले बताउनुभयो । २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति लिई सेमेष्टर प्रणालीमा आधारित बिबिए अध्यापनको सुरुआत गरिएको पौडेलले बताउनुभयो । पौडेलका अनुसार बिबिए अध्ययनरत विद्यार्थीहरूले २ पटक नेपाल टप गरी गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन् ।

उच्च माध्यमिक शिक्षा परीषदको निर्देशन अनुसार प्लस २ सञ्चालित उच्च मा.वि.हरूले स्कुल समेत सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम वि.सं. २०६३ सालमा कस्तुरी एकेडेमी स्थापना भएको पौडेल बताउँछन् ।

उच्च स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नका निम्ति आधुनिक पद्दतिबाट अध्यापन गराउँदै आएको कस्तुरीमा अन्तराष्ट्रिय स्तरको सुविधायुक्त स्कुल सुरुवात गरिएको प्रधानाध्यापक पौडेलले जनाए ।

विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार गर्नको साथसाथै अतिरिक्त क्रियाकलापमा समेत दक्षता हासिल गराउने उदेश्यलले विभिन्न विषयका विषयगत विज्ञ प्रशिक्षकहरू राखेर दैनिक २ घण्टा नियमित रूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ ।