इटहरी / इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो २० औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा तथा एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुनिल कार्कीको अध्यक्षतामा साधारणसभा गरिएको हो ।
संस्थाले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै ४ जना सहकारीका कर्मचारीलाई सम्मान गरिएको थियोे । संस्थाको कुल सम्पत्ति २ करोड ११ लाख ९ सय ३० रहेको छ ।
यसै सहकारीका सेयर सदस्य भएकाले संस्थाको हक हितका काममा अग्रसर भएर काम गर्ने कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताउनुभयो ।
स्थानीय सरकारको मातहतमा रहेका सरकारीलाई सहकारीको क्षेत्रमा नगरपालिकाले आवश्यक सहयोग गर्ने कार्यक्रम प्रुमख अतिथि इटहरी उपमहानगरपालिका उप प्रमुख संगिता कुमारी चौधरीले बताउनु भयो । यस सहकारी इटहरीको एक अब्बल सहकारी भएको उहाँको भनाइ छ ।
इटहरी उपमहानगरपालिका पुर्व उपमेयर लक्ष्मी गौतम, टोल बिकास लघुउझम सहकारी संस्थाका प्रतिनिधि राजेन्द्र केशरी घिमिरे ,सो सहकारी संघका प्रतिनिधि , विभिन्न सहकारी संघका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।


