इटहरी । पूर्वकै सवैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्ष भन्दा बढी एक जना बिरामी एनआइसियू कक्षमा उपचार गरि रहेका छन् ।

अस्पताल प्रशासनले बिरामी निकालेर लगि दिए हुने सोचमा भएतापनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन पनि सकेका छैनन् ।

कहलिएका चिकित्सकहरुबाट उपचार पाइने र निजी भन्दा धेरै कम खर्चमा उपचार हुने आसले भर्ना गरेका इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाईंको अवस्थामा कुनै सुधार आउन सकेको छैन् ।  उनी अचेत अवस्थामा छन् ।

चिकित्सकले ‘पर्ख र हेर’ नीति अनुसार अघि बढेको प्रतिक्रिया दिने गरेका छन् । बजगाईका परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले बिरामीको अवस्थामा सुधार नआएको दावी गरेका छन् ।

बजगाईंलाई अघिल्लो २०८० साउन २७ गते अस्पताल भर्ना गरि तीन दिनपछि एपेन्डिक्सको अप्रेसन गरिएको थियो । शुरुवातमा सामान्य अवस्थामै इटहरी मेडिकल हलमा चेकअप गर्न लादा त्यहाँबाट धरान र विराटनगर लान सुल्झाएपछि धरान लगिएको थियो ।IMG_20241208_134609

त्यसपछि धरानमा एपेन्डिक्सको अप्रेसन भएयो ‘अप्रेसनपछि चार घण्टा एनआइसियूमा राखियो, त्यसपछि निकालेर सामान्य बेडमा राखेर  परिवारका सदस्यसँग १६ घण्टासम्म बोलेका थिए ।

त्यसपछि गाह्रो भएर एनआइसियूमा भर्ना गरियो,’ बिरामी सन्तोषकी श्रीमती अञ्जु बजगाईले आइतबार इटहरीमा पत्रकार सम्मेलन गरि भनिन्, ‘अस्पतालले त्रृटि स्वीकारेको छ ।’ उनका अनुसार अस्पतालले त्रृटी स्वीकार गरि एनआइसियूको बेड शुल्क नलिने र वीपी प्रतिष्ठानभित्रको ल्याबको रकम पनि फिर्ता गर्ने अस्पताल प्रशासनले मौखिक वचन दिएको छ । तर, बाहिर फार्मेसीबाट औषधी खरीद गरेको रकम तिर्न सक्ने अवस्था नहुँदा बिरामी अस्पतालबाट निकालेर ल्याउन नसकेको उनले बताइन् ।

अस्पताल प्रशासनले सन्तोषको परिवारका एक जना सदस्यलाई योग्यता अनुसारको जागिर पनि लगाई दिने वचन दिएको थियो ।‘मुख्य कुरा कृतिम रुपमा स्वासप्रश्वासका लागि ट्यूव परिवर्तन गर्दा त्रृटि भएकाले गर्दा बिरामीलाई थप समस्या भएको अस्पतालले नै स्वीकारेको छ,’ अञ्जुले भनिन, ‘ट्यूव परिवर्तन गरेर समस्या भएको कुरा तत्काल आफन्तलाई अस्पतालबाट केही जानकारी भएन ।’ अञ्जु इटहरी वडा नं. ४ को संगीत चोकमा सामान्य चिया पसल गर्दै आउकी छिन ।

इटहरी वडा नं. १ का परिवारको संगोलमा एउटा सानो घर र घडेरी छ । तर, संगोलमा रहेकाले गर्दा घर जग्गा विक्री गरेर पैैसा तिर्ने अवस्था पनि नभएको र आफन्तसँग लिएको ऋणले समस्या हुन थालेको छ, अब श्रीमानलाई घरमै ल्याउन पनि फार्मेसीको पैसा तिर्ने कुनै अवस्था नभएकोले झन समस्या भउको बताइन ।

‘डाक्टरले आशा देखाएकै कारण यत्रो समय एनआइसियूमा राखे । अब त संसारको कुनै पनि ठाउँमा लादा पनि पर्ख र हेर नै हो भनेर डाक्टहरुले भनेपछि के गर्ने कुनै निर्णय लिन सकेको छैन् ।’ उनले अस्पतालले लापरबाही गरेकैले त्यस्तो भएको दावी गर्दै फार्मेसीमा औषधी खरीद गरेको पैसा अस्पतालले तिरी दिनुपर्ने माग गरेकी छन् ।

यो विरामीको परिवार अन्यमा परेको र बसमा भढेर आएको विरामी जिउदो लास भएर अस्पतालमा लडीराख्दा यसको जिम्मेवारी कस्ले लिने हो यो प्रतिष्ठानको लापवाही भएको स्थानिय समाजसेवी रंजित राईले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डाक्टर अञ्जु प्रधानले भने चिकित्सकहरुले मेडिकल गाइड लाइन अनुसार नै काम गरेको बताइन् ।

‘यसअघि पनि बिरामीका आफन्तले अस्पतालको लापरबाही भनेर अनलाइनका पत्रकारलाई भनेकाले गर्दा हामीले सम्बन्धित निकायमा उजुरी गर्न भनेका थियौ, अहिले पनि त्यस्तो लापरबाही गरेको जस्तो लाग्छ भने सम्बन्धित निकायमा उजुरी गर्दा हुन्छ,’ प्रधानले भनिन्, ‘बरु त्यसका लागि हामीले पनि सहयोग गर्ने बताइन  ।’