इटहरी / आर्थिक अभावका कारण आफ्नो नगरका कुनै पनि, बालबालिका, किशोर किशोरीहरू पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा विभिन्न योजना ल्याएर काम गरिरहँदा एक मुसहर समुदायबाट पढ्ने आकांक्षा राख्दै गर्दा आर्थिक अभावका कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तेजनारायण चौधरीको पहलमा मुसर समुदायकी कविता सदाको लागि पाँच वर्षे कोर्स बीए लएलबी मा भर्ना गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री रेवती रमण भण्डारी को पहलमा विराटनगरमा रहेको निजी कलेज ब्राइट भिजन मा विद्यार्थीलाई भर्ना गरिएको र एउटा पढ्न चाहने छोरीलाई आफूले सहयोग गरेर सम्भवत मुसहर समुदायमा न्याय क्षेत्रमा उच्च शिक्षा हासिल गरेर समाजको नाम उच्च राख्ने विश्वासका साथ सहयोग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै वडाध्यक्ष चौधरी सामाजिक सञ्जालमा यसरी आफ्नो खुसी व्यक्त गर्नुहुन्छ।
Screenshot_2025_0103_072923
......
आज अत्यन्तै खुशी अथवा आत्मा सन्तुष्टि भएको आभास भैरहेको छ। एक जना अत्यन्तै आर्थिक , सामाजिक तथा चेतना को हिसाब ले कमजोर रहेको तराई क्षेत्र मा बसोबास गर्ने सदा ( मुसहर ) समुदाय को एकजना छोरी कविता सदा जो इटहरी वार्ड न.१७ मा बसोबास गर्नु हुन्छ।उनको जब म सङ्ग भेट भयो कानुन को क्षेत्र को विषय पढ्ने उनको तीब्र चाहना भएको पाए तर उनको पारिवारिक  आर्थिक हिसाब ले उनको चाहना पुरा हुन नसक्ने अबस्था थियो। यस्तो अवस्था मा एकजना दलित मुसहर समुदाय को छोरी लाई हामि सबै तह तप्का र तिनै तहको सरकार ले आ- आफ्नो ठाउ बाट सहयोग गर्नु हाम्रो पहिलो कर्तव्य र जिम्मेवारी ठानेर मुसहर समुदाय बाट कानुन विषय अध्ययन गर्ने  सम्भब:त देश मा नै पहिलो हुन सक्ने भएको ले केहि आर्थिक पाटो को जोहो गर्दै मेरो र कोशी प्रदेश सरकार का आन्तरिक मामिला तथा कानुन मन्त्री मा. रेबति रमण भण्डारी ज्यु को सङ्युत्त पहल मा आज बिराटनगर को ब्राइट भिजन  निजि कलेज सङ्ग कुराकानि गरेर केहि छात्रवृत्ति उपलब्ध गराउदै ५ बर्ष को कोर्स B .A ( LLB) मा भर्ना गराएका छौ।।भोलि का दिन मा उनको पढाई पुरा गर्न सबै को साथ र सहयोग को फेरि पनि आबश्यक पर्न भएको हुदा साथ र सहयोग गरिदिन हुन सबै मा हार्दिक अनुरोध गर्दछु।कविता तिम्रो अधय्यन पुरा गर्न हाम्रो साथ र सहयोग सधै  रहने प्रतिबद्धता व्यक्त गर्दै न्याय क्षेत्र को उज्वल नक्षत्र बनेर देश लाई सेवा गर्ने तिम्रो सपना पुरा हुन सकोश हार्दिक शुभकामना समेत व्यक्त गर्दछु।
त्यस्तै विद्यार्थी कविता सदाले भने आफ्नो पढ्ने इच्छा पूरा गर्न वडा अध्यक्षज्यू र अन्य सहयोगीहरूले गर्नुभएको सहयोगको सदा सम्मान गर्दै उहाँहरुले गरेको सहयोग लाई शिरमा राख्दै उच्च शिक्षा हासिल गरेर देशको सेवा गर्ने बताएकी छिन्