इटहरी । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ४ र ५ को सिमाना स्थित फलामेटारमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले  कोशी प्रदेश टे«निङ सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख २२ हजार २ सय २२ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश टे«निङ सेन्टरले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ । कोशी प्रदेशका ८ टीमको सहभागीता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि प्रहरीका बालकुमार रायमाझी घोषित हुनुभयो। उहाँले नगद २ हजार ५ सय रुपैयाँ हात पार्नुभयो । यस्तै उत्कृष्ट स्पाइकर कोशी टे«निङ सेन्टरका रोशन श्रेष्ठ, उत्कृष्ट सटर कोशी टे«निङ सेन्टरका मनोज घिमिरे, उत्कृष्ट ब्लकरमा प्रहरीका अम्बिका खत्री, उत्कृष्ट डिफेन्स प्रहरीका युगल मगर घोषित हुनुभयो । उहाँहरुले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । विजयी खेलाडिहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्र कुमार राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । गत वर्ष देखि सुरु भएको प्रतियोगिताको यो पटक दोस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको हो । नेपाल प्रहरीको रानी विराटनगरले शसस्त्र प्रहरी बल पकलीलाई र कोशी प्रदेश टे«निङ सेन्टरले बेलबारीलाई हराउँदै फाइनलमा पुगेका हुन् । प्रतियोगितामा आयोजक त्रिवेणी खेलकुद विकास समिति, गुन्याहाङ तमु समाज मकालु संखुवासभा, तमोर करोडोर स्पोटिङ, र केराबारी मोरङको पनि सहभागिता रहेको खेल आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिनुभयो ।