मिक्लाजुङ / मिक्लाजुङ गाउँपालिकाको आयोजनामा "गुणस्तरीय शिक्षाको आधार: सकारात्मक सोच, व्यवहारकुशल सीप र संस्कार" भन्ने विषयमा उत्प्रेरणा कार्यक्रम आयोजना गरिने भएको छ।
शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूको सहभागिता रहने यो कार्यक्रमले मिक्लाजुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि महत्त्वपूर्ण भुमिका रहने र शिक्षाको मूलभूत आधारहरूको सुदृढीकरण गर्दै आगामी पुस्तालाइ जिम्मेवार नागरिकको रूपमा तयार गर्न योगदान पुर्याउने विश्वास लिइएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई ले बताउनुनभयाे ।
२०८१ साल माघ २ गतेदेखि ५ गते सम्म सुसिला चलचित्र मन्दिरको सभाहल मधुमल्लामा सम्पन्न हुने कार्यक्रमले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै सकारात्मक सोच, व्यवहारकुशलता र संस्कारको महत्वलाई शिक्षण-सीकाइ प्रक्रियामा स्थापित गर्दै समग्र सिकाइ वातावरण सुधारका लागि केन्द्रित हुने विश्वास लिइएको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले बताउनुनभयाे ।


