इटहरी । सुनसरीको दुहबी नगरपालिका वडा नं. ७, भालुवामा ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डले जाडोबाट प्रभावित गरिब, विपन्न, असहाय तथा समुदायका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार संघीय सांसद भगवती चौधरीको प्रमुख अतिथ्यतामा ५३ पिस न्यानो कपडा वितरण गरिएको हो । शीतलहर र चिसोबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग पुर्याउन स्थानीय स्तरमा जाडोको चपेटाबाट जोगाउन जेष्ठ नगरिकलाई न्यानो कपडा वितरण गरिएको हो । सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरूमा भए गरेका कार्य प्रगतिको आफूले अनुगमन र मूल्याङ्कन गरिरहेको पनि जानकारी दिनुभयो । यसरी विभिन्न समयमा विपन्न वर्गका नागरिकहरुलाई सहयोग गर्दै आएको पुर्व मन्त्री सघिंय सांसद. भगवति चौधरीले बताउनु भयो । यस प्रकारका सामाजिक कार्यहरूले समाजमा सहानुभूति र सहयोगको भावना प्रवद्र्धन गर्नुका साथै नागरिकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ भने न्यानो कपडा वितरण फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको हो ।


