इटहरी । नेपाल सुनचाँदी व्यवसायी संघको आयोजनामा इटहरी उपमहा नगर पालिका अगाडि रक्तदान कार्यक्रम भएको छ । संघले आफ्नो स्थापनाको एघारौँ स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । 

IMG_20250128_120915

संघका अध्यक्ष टिकाराम विश्वकर्मा को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु विश्वकर्मा हुनुहुन्थ्यो । रक्तदानकार्यक्रममा संघका पदाधिकारी, सदस्य, उद्यमी व्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरूले समेत ७० जना भन्दा बढी रक्तदाताको सहभागिता रहेको संस्थाका सचिव रमेश बराइली ले बताउनुभयो । 

IMG_20250128_122257

कार्यक्रममा पदाधिकारीहरू सहसचिव इन्द्र रसाइली आफ्नो धारणा राख्दै सुनचादी व्यवसायी व्यवसाय मात्र होइन। सामाजिक काममा पनि अग्रसर रहेको बताउनुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको कोषाध्यक्ष अमर बराइलीले बताउनुभयो ।

IMG_20250128_122841