रामधुनी – स्थानीय बासिन्दाहरूलाई लक्षित गरी सुनसरीको रामधुनी नगरपालिका–१ मा गरिएको निःशुल्क आँखा तथा कान जाँच शिविरबाट  २ सय  ३० बढीले सेवा लिएका छन् ।

विराटनगर आँखा अस्पताल रानिको आयोजना तथा आँखा तथा कान उपचार केन्द्र भा.सी स्वास्थ्य चौकी रामधुनी १ को सहकार्य र रामधुनी नगरपालिका वडा नम्बर १ को स्थानीय आयोजनामा गरिएको निशुल्क आँखा तथा कान जाँच शिविरबाट २ सय ३० जना बढीले सेवा लिएका छन् । जसमा आँखा चेकजाँच १ सय ७० जना र कानको ६० जनाले सेवा लिएका छन् । मोतिबिन्दु भएका ५५ जनालाई विराटनगर आँखा अस्पताल रानि लगिने भएको हो ।

स्वास्थ्य सेवासँग पहुँच कमजोर भएका समुदायलाई आवश्यक उपचार प्रदान गर्ने उद्देश्यले आयोजित यस शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरिएको आँखा तथा कान उपचार केन्द्र झुम्काका प्रमुख सबिन सिंहले बताउनुभयो ।

शिविरमा आँखाको सामान्य परीक्षणसँगै चश्मा जाँच गरिएको थियोे भने मोतियाबिन्दुका बिरामीहरूलाई थप परीक्षण गरी शल्यक्रियाको लागि छनोट गरिने थियोे । छनोट भएका बिरामीहरूको शल्यक्रिया निःशुल्क गरिने आयोजक संस्थाले जनाएको छ। साथै, स्थानीय आयोजकको अनुरोधमा चश्मा तथा आवश्यक औषधिहरू सहुलियत दरमा उपलब्ध गराइनेछ।

यस्तो शिविरको  माध्यमबाट दुर्गम क्षेत्रका नागरिकहरूले गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने अवसर पाएका रामधुनी वडा नम्बर १ भा.सी स्वास्थ्य चौकीका प्रमुख चकेन्द्र थापाले बताउनुभयो ।