बराहक्षेत्र | स्वर्णिम साहित्य समाजद्धारा आयोजित स्कुलमा कविता सिजन - २ को अडिसन राउण्डहरु सम्पन्न भएको छ ।
हिजो सम्पन्न प्रकाशपुर अडिसनबाट साविक मधुवनको मोहन मा.वि.बाट विद्या साह र प्रकृति यादब यस्तै साविक प्रकाशपुरको राजाबास सेकेन्डरी इङ्लिस स्कुलकी एडियान रायमाझी र जयसप्तकोशी इङ्ली सकुलका सुबास कार्की फाइनल राउण्डमा प्रवेश गरेका छन् भने प्रकाश मा.वि. प्रकाशपुरका विवेक चन्द्रवङ्शी तृतीय बन्न सफल भए । प्रकाश मा.वि. बराहक्षेत्र -१० प्रकाशपुरमा सम्पन्न मैजारो अडिसनमा साविक दुई गाविसबाट ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागी जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै बराहक्षेत्र १० का वडाध्यक्ष तेजबहादुर गुरुङले यो कार्यक्रमले एउटा उचाई प्राप्त गर्दै लोकप्रियता पाइसकेको बताए । उनले भने स्वर्णिम साहित्य समाज निक्कै पहिले बराहक्षेत्रको साहित्यिक गतिविधिमा सकृय छ । यो सक्रियताले बराहक्षेत्रको चिनारीलाई थप टेवा पुग्नेमा म विश्वस्त छु ।यो कार्यक्रमले त म आफुलाई पनि ८/९ कक्षा पढ्दाको अतितलाई सम्झाइदियो जतिखेर म पनि सिर्जना गर्थेँ ।आफ्नो वडामा केही वर्षदेखि निरन्तर यो समाज आइरहेकोले पनि म खुसी छु। यो समाजको यात्रालाई सघाउ पुर्याउन म आफुले सकेको सहयोग गर्नेछु ।'
प्रकाशपुर अडिसनमा प्राध्यापक रमेश काफ्ले र कवि छबिना लुङ्गेली मगर निर्णायक रहेका थिए भने अतिथि निर्णायकमा प्राध्यापक इन्दिरा महर्षी रहनु भएको थियो । सो अडिसनमा अतिथि सार्जकका रुपमा सर्जक थापा सरकार सुमन रहेका थिए । उनले एक गजल र एक कविता प्रस्तुत गरेका गरेका थिए । पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत माघ ५ गतेदेखि सुरु भएको 'स्कुलमा कविता' सिजन-२ को फाइनल चाडै हुने आयोजकले जानकारी दिएको छ । स्कुलमा कविताका विजेताले रु.१० हजारका साथमा ट्रफी, मेडल र अन्य पुरस्कारहरु समेत प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु.५ हजार, मेडल त्यस्तै तेस्रो र सान्त्वना हुनेले क्रमशः ३ हजार र २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी दिएका छन् ।
समाजका सचिव लक्ष्मण कटुवालले संचालन स्वागत मन्तव्य समाजका सदस्य समीर राजवङ्शीले राखेका थिए भने सभाध्यक्ष समाजका अध्यक्ष प्रकाश दिप्साली राई रहेका थिए ।


