इटहरी | इटहरीस्थित कस्तुरी कलेजले आफ्नो २६ औं वार्षिकोत्सव साँस्कृतिक प्रस्तुति, पुरस्कार वितरण सम्पन्न भएको छ । कस्तुरी कलेज अफ व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिष्टार निलमणी पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य आकर्षण कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध गायन, नृत्य, नाटक तथा कला प्रदर्शन रहेका थिए। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए  ।

कलेज प्रशासनले शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद  प्रदान गरिएको थियो। साथै, कलेजस्तरीय आन्तरिक खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडी विद्यार्थीहरूलाई समेत सम्मान गरियो।

विशेषगरी, गायन, नृत्य तथा अभिनयमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो। कलेजले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएको छ।कार्यक्रम विभिन्न परिकार ,पुस्तकका प्रदर्शनी राखिएको थियोे ।

कार्यक्रममा  विद्यालयका अध्यक्ष प्रेमप्रसाद न्यौपानेका विद्यार्थीहरूले नवीन विचारहरू प्रस्तुत गरेकोमा कलेज प्रशासन अत्यन्त उत्साहित रहेको उनले बताए।

कस्तुरी कलेजले निरन्तर पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने १० जना व्यक्तित्वहरूलाई र १ सय बढी ५० बढी विद्यार्थीहरूलाई सम्मान गरेको थियोे । पत्रकार तीन जजा भूमिका पाख्रिन, अर्जुन सुवेदी, लिलाराज भट्टराई र पुर्व विद्यार्थीहरू सातजना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। 

कलेजले विद्यार्थीहरूलाई अध्यापन गराउदै विभिन्न किसिमका सीप सिकाएर काम गर्ने कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोख्रेलले,बताउनुभयो । विश्वविद्यालयको तर्फबाट आफुलेसक्ने सहयोग गर्ने उहाँको भनाइ छ ।

कार्यक्रम समापनमा कलेजका अध्यक्ष रामचन्द्र अधिकारीले कलेजको हालसम्मको उपलब्धि, विद्यार्थीहरूको सहभागिता तथा भविष्यमुखी योजनाहरूबारे प्रकाश पारे। उनले भने,

"हाम्रो उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उनीहरूको अतिरिक्त प्रतिभा उजागर गर्ने हो। आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई अझ वृहत रूपमा सञ्चालन गरिनेछ।"

शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा इटहरी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कलेजमा ११ देखि मास्टर्स ,डिग्रीका १४ सय बिद्यार्थीहरु अध्यनरत रहेको छन् ।