इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह २०८१ हुने भएको छ। एन प्याब्सन नगर कमिटी इटहरीको आयोजनामा फागुन ५, ६ र ७ गते हुने खेल सप्ताह हुने भएको हो ।
खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधाका खेल हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए। पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेस गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए।
प्राथमिक तथा माध्यमिक तहमा छात्र तथा छात्रहरुको समेत सहभागिता रहने एन प्याब्सन सुनसरी सचिव नीरज कोइरालाले बताए। जनता क्याम्पस इटहरीको खेल प्राङ्गणमा खेल प्रतियोगिता गरिनेछ ।


