सुनसरी | सुनसरीको दुहबी नगरपालिका वडा नम्बर -२ मा दिनेश चौधरी स्मृति प्रतिष्ठानको आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । सुनसरी दुहवीका गरिब, विपन्न, दलित, मुसहर समुदायका बालबालिकालाइ निःशुल्क गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालित विद्यालयकाे भवन शिलान्यास गरिएकाे हाे ।
सङ्घीय सहरी विकास मन्त्रालयद्वारा विनियोजित बजेटमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मार्फत दुहबी कन्स्ट्रक्सन एण्ड सप्लायर्सले कुल रकम भ्याट समेत ८९ लाख ९२ हजार ५ लागतमा ८ काेठे भवन निर्माण हुँदैछ ।
ग्रामिण तथा पिछडीयका बालबालिकाहरूलाई सहुलियत तरिकाले शिक्षा दिने उदेश्य भवनको शिलान्यास गरिएको सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चाैधरीले बताउनुभयो ।
भवन निर्माण पछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे पठनपाठनमा ठूलाे टेवा पुग्ने छ । उक्त आधारभूत विद्यालय सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चाैधरीकाे संरक्षकत्वमा सञ्चालित छ । हाल विद्यालयमा करिब १४४ जना गरिब, विपन्न, दलित मुसहर समुदायका बालबालिका अध्ययनरत छन् । विद्यालय सञ्चालनका लागि सांसद चाैधरीले श्राेत व्यवस्थापन गर्दै आइरहनु भएकाे छ ।
सो शिलान्यास कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमाल बराल ,दुहबी नगरपालिकाका राजस्व अधिकृत उत्तम खतिवडा ,फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रतिनिधिहरू ,स्थानीय , विद्यार्थी ,शिक्षकहरूको सहभागीता रहेको थियोे ।


