इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई यस वर्ष विशेष रूपमा मनाउने तयारी गरेको छ।

विद्यालय प्रशासनका अनुसार भोलि शुक्रबार हुने कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न अतिथिहरूको उपस्थिति रहनेछ। विद्यालयका प्रिन्सिपल राजेश बस्नेतले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, अभिभावक र विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैलाई उपस्थित हुन अनुरोध गरेका छन्।

विद्यालयले पिजी (प्ले ग्रुप) देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ। इटहरी वडा नम्बर १, आपगाछीमा अवस्थित यो शैक्षिक संस्था स्थानीय स्तरमा गुणस्तरीय शिक्षाका लागि परिचित मानिन्छ। विद्यालयका विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत संलग्न गराउँदै आएको स्कुलका प्रिन्सिपल संजिव खड्काले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाह रहनेछन् भने विशेष अतिथि रूपमा वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको समेत उपस्थिति रहनेछ। विद्यालय प्रशासनका अनुसार कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा शैक्षिक गतिविधिहरू समावेश गरिनेछ। विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा अन्य प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्।

विद्यालयको यस वार्षिकोत्सव कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षकहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको स्कलका नवनियुक्त प्रिन्सिपल राजेश बस्नेतले जानकारी दिनुभयो । अभिभावक दिवस मनाउने क्रममा विद्यालय प्रशासनले अभिभावकहरूसँग विद्यार्थीहरूको शैक्षिक प्रगति, विद्यालयका विभिन्न गतिविधिहरू तथा आगामी शैक्षिक योजनाहरूबारे छलफल गर्ने अवसरसमेत प्राप्त गर्नेछ।

विद्यालयले अभिभावकहरूको सक्रिय सहभागिता तथा सुझावलाई महत्वपूर्ण मान्दै आएको छ। यसै कारण वार्षिकोत्सवमा अभिभावकहरूलाई पनि निमन्त्रणा गरिएको छ, जसले विद्यालय र अभिभावकबीचको समन्वयलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

विद्यालय प्रशासनका अनुसार हाँसपोसा एकेडेमीले विगत १८ वर्षदेखि स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यो विद्यालयले आधुनिक शिक्षण पद्धति अपनाउँदै विद्यार्थीकै सर्वाङ्गीण विकासलाई प्राथमिकता दिने नीति लिएको छ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा सहभागी भई विद्यार्थीहरूलाई हौसला प्रदान गर्न विद्यालय प्रशासनले सबैलाई अनुरोध गरेको छ।