इटहरी मोडल सेकेण्डरी स्कुलले  २९ औ अभिभावक दिवस तथा  पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

बिध्यालयका प्रिन्सिपल ज्ञानेन्द्र दाहाल को अध्यक्षता तथा बरिस्ठ संगितकार बुलु मुकारुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिध्यार्थीहरुको नृत्य,गायन, नाटकका साथै बिध्यार्थी हरुलाई बिभिन्न बिधामा पुरस्कार वितरण सहित भव्य कार्यक्रम गरी मनाइएको विद्यालयका  प्रिन्सिपल दाहालले बताउनुभयो। 

IMG_20250221_143651

हाल इटहरी मोडलमा ७ सय भन्दा बढी विद्यार्थीहरू सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ सुरु गरेको इटहरी मोडलमा विद्यालयले  गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्यार्थी तथा अभिभावकको पहिलो  रोजाई बन्न सफल भएको विद्यालयका प्रिन्सिपल स्कुलका कोडिनेटर अगस्टिन तामाङले बताउनुभयो ।

IMG_20250221_145452

इटहरी मोडल सेकेण्डरी स्कुलले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा समाजसेवी, बुद्धिजीवी राजेश श्रेष्ठ, राजु केसी, कविन्द्र मण्डल, राजु निरौला, राजेन्द्र श्रेष्ठ, रत्नबहादुर कार्की, प्रदिप रेग्मी, सत्यनारायण चौधरी, गुरुभक्त श्रेष्ठ साथै अभिभावक, बिध्यार्थी, स्थानीय को उपस्थिति रहेको थियो।

IMG_20250221_145459