सुन्दरहरैंचा/ श्री आदर्श आधारभूत विद्यालय सुन्दरहरैंचा ४ बडहरा मोरङका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा कापी, पेन्सिल, इरेजर जस्ता शैक्षिक सामग्री र खाजा वितरण गरिएको छ ।

जापानमा रहेको संस्था वान बल कनेक्स र एनएनएफसी नायागा  क्लबको सहयोगमा विद्यार्थीहरूका लागि पढ्न सहज होस् भनेर शैक्षिक सामग्री साथै विद्यालय पोशाक वितरण गरिएको जापानमा रहेर सामाजिक काममा सक्रिय रहदै आउनुभएका यस कार्यक्रमका लागि समन्वय गर्ने नवराज पौडेलले बताउनुभयो ।

 पौडेलले जापानमा रहेर आफ्नो र साथीहरूबीच सानोसानो रकम सङ्कलन गरेर विद्यार्थी अभिभावकहरूको लागि हौसला हुने यस्ता गतिविधि गर्दा  विद्यार्थीहरूलाई अध्ययन कार्यमा थप सहजता भइरहेको विद्यालयका प्रधानाध्यापक रोहितकुमार कार्कीले बताउनुभयो। 

“विपन्नताका कारण कतिपय विद्यार्थीहरूले  कठिनाई भोगिरहेका थिए। यसले उनीहरूको पढाइमा ध्यान दिन समस्या ल्याएको थियो। अहिलेको यो सहयोगले उनीहरूको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ अघिल्लो वर्ष झैँ यो वर्ष पनि यो कार्यक्रम समन्वय गरिएको नेपालका समन्वयकर्ता नीलम चौलागाईले बताउनुभयो।

कार्यक्रममा स्थानीय युवाहरू सम्भु धमला, उत्सव दाहाल, विशाल घिमिरे लगायत ले कार्यक्रमको समन्वय गर्नुभएको थियो भने कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरिनारायण चौधरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनिता चौधरी जनप्रतिनिधि राजकुमारी बिक, शिक्षक बिध्यार्थी लगायत स्थानीय नागरिकको उपस्थिति रहेको थियो। 

अत्यन्तै विपन्न वर्गका बालबालिकाहरू मात्र यस विद्यालयमा आउने भएकोले सानासाना कुराहरूले पनि विद्यार्थीहरूमा प्रभाव पार्ने भएको र यस्ता कामहरूले विद्यार्थीहरू स्कुल आउन प्रेरित भइरहेको सुन्दर हर्चा वडा नम्बर ४ का युवा शम्भु धमलाले बताउनुभयो। 

विद्यार्थीले विद्यालय पोशाक स्टेसरी सामग्री साथै खाजा खाइसकेपछि खुसीले नाचगान गरेका थिए उक्त कार्यक्रम  इन्टरनेटको माध्यमबाट जापानबाट नियालिरहेका प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरेका थिए। वान बल कनेक्सन र आइएनएफ सी नागाया क्लबका प्रतिनिधिहरू विद्यार्थीहरूको हौसला देखेर खुसी भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने कोसिस गर्ने कार्यक्रम समन्वयकर्ता नवराज पौडेलले बताउनुभयो।