धरान  / सुनसरीको बाम आन्दोलनका उर्वर र ऐतिहाँसिक स्थान बलाहाका ८० बर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेलले नेकपा (एमाले)को २०८२ सालको सदस्यता नविकरण गर्नु भयो । त्यस्तै ९२ बर्षिय अग्रज नेता भवानी पोखरेलले पनि आफ्नो सदस्यता नविकरण गर्नु भयो । शनिवार नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएकाे को वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँले सदस्यता नविकरण गर्नु भएको हो । 

उहाँहरु जस्तै बलाहाका अग्रजहरू ७८ बर्षीय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७४ बर्षीय बुद्धकुमार नेपाल, ७३ बर्षीय गणेश निरौला, ७० बर्षीय मननारायण  श्रेष्ठलगायत व्यक्तित्वहरुले पार्टी सदस्यता नवीकरण गर्नु भएको छ । यस्तै अग्रज श्यामप्रसाद भट्टराई, थानेश्वरी अधिकारी, गोबिन्द पोखरेल, ईश्वरी घिमिरे, हेमराज कोईराला, प्रेम खतिवडासँगै नयाँ पुस्ता ३० बर्षीय युवा सबिस पोखरेलले पनि सदस्यता नविकरण गराउनु भएको छ ।  अभियानमा १५ जना अग्रजहरुको पार्टी नविकरण गरिएको वडाध्यक्ष पार्वतीराज पोखरेलले जानकारी दिनु भयो ।  नयाँ पुस्ता र पुराना पुस्ताका  सबैलाई पार्टी सदस्यता दिने तयारी गरिएकाे  पार्टीले जनाएकाे छ ।

1741527876321

 वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा सम्पन्न अभियानमा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल प्रमुख आतिथ्यतामा भएको थियो । पछिल्लो पुस्ताका लागि अग्रजहरुको अनुभव, उहाँहरुले पार्टीलाई दिएको योगदान महत्वपूर्ण हुने नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रमुख अभियान्ता लोकेश निरौलाले बताउनु भयो ।  कार्यक्रममा जनताको आशा र भरोसा युक्त  बलियो पार्टी निर्माण गर्दै  देश विकास गर्न टोल केन्द्रीत अभियान चलाइएको उहाँले बताउनु भयो ।  वडामा ५ हजार मतदाता छन् । ३ प्रतिशत  सदस्यता बढाउने अभियान रहेकाे उहाँले बताउँनु भयाे ।

कार्यक्रममा प्रमुख अभियान्ता निरौला, नेकपा प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, सुनसरी जिल्ला लेखा आयोग सचिव ईश्वरी  घिमिरे,  प्रदेश सल्लाहकार सदस्य गोबिन्द  पोखरेल, जिल्ला लेखा आयोग सदस्य गिता गौतम, जिल्ला सल्लाहकार सदस्यहरु केदार पोखरेल,अन्जनी न्यौपानेलगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा स्वागत कैलाशपति चौधरीले गर्नु भयो भने  कार्यक्रम संचालन लालबहादुर श्रेष्ठ गर्नु भएको थियो ।