इटहरी |"अबको युद्ध, दुव्र्यसनविरुद्ध" भन्ने मूल नाराका साथ इटहरीमा लागू औषध दुव्र्यसनविरुद्धको विशेष अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख D.I.G राजन अधिकारीले समाजलाई सुरक्षित राख्न दुव्र्यसनविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, विशेषगरी बालबालिकालाई खेलकुद र सकारात्मक क्रियाकलापमा संलग्न गराउनुपर्ने कुरा उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध नियन्त्रणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो। विशिष्ट अतिथि इटहरी उपमहानगरपालिकाका नगर पिता हेमकर्ण पौडेल ज्युले पनि दुव्र्यसन नियन्त्रणका नयाँ रणनीतिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा इटहरी CB College का अध्यक्ष देसबन्धु कार्की तथा Namuna College का अध्यक्ष केशव खड्का सहित अन्य विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। फ्यान क्लबकी जिल्ला सदस्य बिमला ढकाल ज्युले युवाहरूलाई दुव्र्यसनमुक्त समाज निर्माणका लागि सक्रिय भूमिका खेल्न आह्वान गर्दै भावनात्मक मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेश, जिल्ला तथा नगरका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकार, समाजसेवी, र आम नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र्याली इटहरी चोकबाट सुरु भई पश्चिम लाइन, थाना दक्षिण हुँदै बिपी चोक परिक्रमा गरी पुनः इटहरी चोकमै टुंगिएको थियो।

यो अभियान केवल एकदिने कार्यक्रम मात्र नभई, सुरक्षित र स्वच्छ समाज निर्माणका लागि निरन्तर प्रयासको एउटा महत्वपूर्ण कदम भएको आयोजकहरू बताउँछन्। लागू औषधमुक्त समाज निर्माणका लागि सबै एकजुट बनौं!