इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगर कमिटीले १६ औं स्थापना दिवसको अवसरमा इटहरी स्थित मितेरी होटल अगाडि  खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।

IMG_20250320_094813 1

सामाजिक सुरक्षा र मर्यादित रोजगार सौन्दर्यकर्मी श्रमिकको अधिकार भन्ने नाराका साथ आफ्नो व्यवसाय सँगै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको युनियन इटहरी उपमहानगर कमिटी सचिव निशा पौडेलले बताउनुभयो ।

IMG_20250320_094939

समुदायमा  रगत अभाव हुन नदिनका  लागि  रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटी अध्यक्ष पूजा भट्टराईले बताउनुभयो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक सम्झना थापा हुनुहुन्थ्यो ।

IMG_20250320_095101

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटीका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू लगाएतको सहभागीता रहेको थियोे ।

Screenshot_2025_0320_230100