इटहरी | इटहरी वडा नम्बर १० राजस्व टोलमा रहेको गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको ४ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।
गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको प्रिन्सिपल सीता अधिकारीको अध्यक्षता इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियोे ।
कार्यक्रममा इटहरी नमुना कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्का ,इटहरी मोर्डकका सञ्चालक ज्ञानेन्द्र दाहाल र इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीलाई सम्मान गरिएको थियोे ।
साथै वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गायन, कविता वाचन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति हेर्दै खुसी व्यक्त गरे र विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लिएको नीति तथा कार्यक्रमहरूको प्रशंसा गरे ।
शिक्षासँगै व्यवहारिक ज्ञानको शिक्षणलाई विद्यालयले विशेष प्राथमिकता दिएको गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको प्रिन्सिपल सीता अधिकारीले बताउनुभयो ।
विद्यार्थीहरूलाई पढाइ सँगसँगै व्यवहारी ज्ञान दिन आवश्यक रहेको र नगरपालिकाले निजि स्कुलहरूलाई नजिकबाट हेरेको इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि इटहरी नमुना कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्का,राजश्व टोल विकास संस्थाका अध्यक्ष तथा इटहरी १० का वडा सदस्य अमर श्रेष्ठ, इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य तारा पराजुली ,स्थानीय विभिन्न स्कुलका पदाधिकारीहरू,शिक्षक,अभिभावक,विद्यार्थीहरू, राजश्व टोल विकास संस्थाका पदाधिकारीहरू ,विभिन्न संघ संस्थाका पदाधिकारीहरू लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।स्कुलले नर्सरी देखि यु केजी सम्म अध्यापन गराउदै विद्यार्थीहरूलाई शिक्षा दिदै आएको छ ।


