धरान / २०८१ चैत्र २९ र ३० गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी बीसौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सल्लाह सुझाव साथै विद्यार्थीको प्रतिभा देखाउने कार्यलाई निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो।
धरान १० मा अवस्थित सैनिक भवनमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा विधार्थीहरुले गायन, नृत्य, तथा नाटक प्रदर्शन गर्ने र बालबालिकालाई हौसला बढाउन उनीहरूका प्रतिभा विराट टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी देशैभरि हेर्न सक्ने गरी कार्यक्रमको तयारी गरिएको प्रबन्ध निर्देशक अग्रवालले बताउनुभयो।
२० वर्ष देखी ञ्चालनमा ल्याईएको धरान मन्टेश्वरी शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम रहेको यस मन्टेश्वरीमा दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन हुँदै आएको छ जसले गर्दा सबैको मन जित्न सकेको प्रिन्सिपल मैया राई अग्रवालले बताउनु भयो ।


