बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका–९ को आयोजना तथा आर्थिक सहयोगमा, र समिर चन्द्रवंशीको संयोजनमा सञ्चालित ‘निःशुल्क चित्रकला सम्बन्धी तालिम’ प्रभावकारी रुपमा सम्पन्न भएको छ।

आज आयोजित समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका–९ का वडा अध्यक्ष निरञ्जन चन्द्रवंशी सभापतिको रूपमा रहनु भयो भने नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा वडा सदस्य भगवती खड्का, चतुरलाल चौधरी, सन्जु साफी, वडा सचिव होम प्रसाद लिम्बू, प्रशिक्षक दिपेन्द्र मेहता, समाजसेवी असिस राई, पालुवा एकेडेमीका संचालक जीवन कार्की लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बराहक्षेत्र–९ का निजी तथा सामुदायिक विद्यालयहरूबाट सहभागी ४१ जना विद्यार्थीहरूलाई तालिम समापनको अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सुमन थापाले सञ्चालनको भूमिका निर्वाह गरेका थिए।Messenger_creation_184838FB-A597-4419-9B9E-683914C1F25C

उक्त चित्रकला तालिमले बालबालिकाहरूको कलात्मक तथा रचनात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्। सिर्जनशीलता अभिवृद्धि गर्दै प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको तालिम विद्यार्थीहरूका लागि उपलब्धिमूलक भएको आयोजकहरूको भनाइ छ।