इटहरीको मकालु इङ्लिस बोर्डिङ स्कुल इटहरी ५ सुनसरी को २०८२ को लागि स्कुल क्याप्टेन र स्कुल भी क्याप्टेन तथा होम क्याप्टेन लगायतका नेतृत्व चयनका लागी चुनाव भएको छ । कक्षा ४ देखि कक्षा १० सम्मै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मकालु इङ्लिस बोर्डिङ स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८२ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि चुनाव गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित आफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए ।

बिगत १४ बर्ष देखि  मकालु इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरुलाइ निरन्तर रुपमा हरेक शैक्षिकसत्रको सुरुमै परियोजनात्मक कार्यलाई जोड्दै यसरीनै चुनावमा सहभागी भै परिषदका सदस्यहरु चयन गरि बर्षभरी विविध कार्यक्रम समेत संचालन गर्दै आएको विद्यालय प्रीन्सिपल थानेस्वर ढकालले बताउनु भयो।

शुक्रबार सम्पन्न मतगणना अनुसार स्कुल क्याप्टेनमा इशान राई भाइस  क्याप्टेन निश्चल दाहाल , त्यस्तै होम क्याप्टेनमा रेड हाउस क्याप्टेन आयुष घिमिरे  भाइस क्याप्टेन सचितहाङ राई, ग्रीन हाउस क्याप्टेन हार्दिक लम्साल भाइस क्याप्टेन श्वेता नेपाल ब्लु हाउस क्याप्टेन प्रज्वल गेलाल भाइस क्याप्टेन संयोग कोइराला यल्लो हाउस क्याप्टेन भूमिराज बिष्ट भाइस क्याप्टेन सुशीला खत्री निर्वाचित भएका छन।

विद्यार्थीहरुलाई किताबको ज्ञान सँगै परियोजना कार्यक्रम मार्फत चौतर्फी रुपले अघि बढाउनका लागि यी र यस्ता कार्यक्रमलाई बार्षिक कार्यतालिकामा समावेश गरि संचालन गर्दै आइएको छ ।  विभिन्न सांस्कृतिक कार्यक्रम , गायन शिक्षा र खेलकुद, नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिने लगायतमा पनि विद्यालयले विद्यार्थीहरुलाई दक्ष बनाउदै आइरहेको छ ।