सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा “उपमेयरसँग बालबालिका” शीर्षकको विशेष कार्यक्रम आयोजना गरिएको छ । बालबालिका तथा किशोर–किशोरीहरूको सहभागिता र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको  कार्यक्रम रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित वडा कार्यलयमा वडा नम्बर १, ३ र ५ का बालबालिकासँग “उपमेयरसँग बालबालिका” कार्यक्रम गरिएको हो ।

वडा वाल संजाल र नमुना वाल संजालको संयुक्त आयोजनामा रामधुनी वडा नम्बर ३ का नव कोपिला बाल सञ्चालको अध्यक्ष प्रजवल पराजुलीको सभाअध्यक्ष तथा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले प्रमुख आतिथ्यातामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको क्रममा बालबालिकाहरूले स्थानीय सरकारसँग खुला संवाद गरेका थिए। उनीहरूले आफ्ना समुदायमा देखिएका समस्या, विद्यालयमा अनुभव गरिएका चुनौतीहरू तथा बालमैत्री वातावरण निर्माणका लागि आवश्यक पहलका बारेमा सुझाव र जिज्ञासा राखेका थिए। 

नगरपालिका आगामी वर्ष उपमेयरसँग बालबालिका” कार्यक्रम निरन्तरता दिने रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले बताउनुभयो ।

सोही दिन रामधुनी नगरपालिका वडा नम्बर ६ मा रहेको आदर्श माध्यमिक विद्यालयमा रामधुनी वडा नम्बर ६ र ७ का विद्यार्थीहरू सँग “उपमेयरसँग बालबालिका” कार्यक्रम गरिएको थियोे ।

यस्ता कार्यक्रमहरूले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले बताएका छन्।IMG-20250529-WA0074

कार्यक्रममा रामधुनी ३ का कार्यबाहक वडा अध्यक्ष अनिल पराजुली , कार्यपालिका सदस्य पवित्रा चौधरी , भगवति खड्‌का,रामधुनी १ ,३ र ५ का विभिन्न विद्यालयका विद्यार्थीहरू लगाएतको उपस्थिति रहेको थियोे ।