आयुशा पराजुली

विराटनगर  | पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत   सञ्चालित जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक लेखा परीक्षण कार्यशाला सफलतापुर्वक सम्पन्न भएको छ। उक्त तालिम विश्वविद्यालय अनुदान आयोगको  स्वीकृति र आर्थिक  सहयोगमा आयोजना गरिएको थियो ।

 उक्त कार्यक्रमको  उद्घाटन  पूर्वा विश्वविद्यालयको उपकुलपति विजुकुमार थपलियाले गरेका थिए । जहाँ प्रमुख अतिथिको रूपमा कला संकायका डीन राम प्रसाद ढकालको रहेको थियो।

उक्त तालिम २१ गते वुधवारदेखि २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजे देखि ५ बजे सम्म क्याम्पस परिसरमै सन्चालन थियो। क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले  विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दिने उद्देश्यले सामाजिक लेखा परीक्षणको कार्यशाला सञ्चालन गरेको जानकारी दिए ।

 कार्यक्रममा  इटहरी नमूना कलेज,पथरी मल्टिपल क्याम्पस, उर्लाबारी बहुमुखी क्याम्पस, धरान मोडल कलेज, जनता बहुमुखी क्याम्पस इटहरी , सुकुना बहुमुखी क्याम्पस  महेन्द्र मोरङ आदर्श क्याम्पस र जनता आदर्श बहुमुखी क्याम्पसमा    गरि जम्मा ८ ओटा क्याम्पसका  सामाजिक कार्य विषयमा स्नातक तह तथा स्नातकोत्तर तहमा अध्ययन्रत ५१ विद्यार्थीहरु सहभागी भएका थिए ।

"येस्ता तालिमद्वारा सामाजिक कार्य विषयको बारेमा आझ गहिराईमा बुझेको"  कुरा कार्यक्रममा सहभागी मुना बास्तोलाले बताउनु भयो।