धनकुटा / छथर जोरपाटि गाउँपालिका धनकुटामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत स्थानीय विद्यालयमा अध्यनरत अपाङ्गता भएका बालबालिकाका समस्या, चुनौती र आवश्यकताको बारेमा छलफल गर्दै दौंतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा पुगेर गरिएको यस कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरूलाई अध्यापनमा आइपर्ने व्यवहारिक समस्याबारे अध्ययन, अभिमुखिकरण तथा समावेशी शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य लिइएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता कार्यक्रम संयोजक श्रीमती गीता गुरुङ खेवा, अध्यक्ष श्री छत्र सुब्बा, वडा अध्यक्ष श्री दीपक गुरुङ, वडा सदस्यहरू, महिला सदस्यहरू तथा महिला तथा बालबालिका शाखा प्रमुख श्रीमती एलिना मिस, हेल्प डेस्ककी सुस्मा ओझाको सक्रिय उपस्थिति रहेको थियो।

साथै, कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।
कार्यक्रममा (CBR) सहजकर्ता उत्तर राना, प्रदीप ओझा र अभिषेक लिम्बुको विशेष भूमिका रहेको थियो। आर्थिक सहयोग उपलब्ध गराएकोमा छथर जोरपाटि गाउँपालिकाको कार्यालयप्रति समेत अपाङ्ग संघ, छथर जोरपाटि कार्यसमितिले आभार प्रकट गरेको छ।



