मोरङ | केराबारी गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सुरु  भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गाउँपालिकाले कृषि, पर्यटनसहितको पूर्ण पूर्वाधार – समृद्ध केरावारी हाम्रो आधार” भन्ने मूल नारासहित आगामी वर्षको कार्यदिशा गरिएको छ  । 

गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  उहाँले प्रस्तुत नीति तथा कार्यक्रम जनताको आवश्यकता र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमा आधारित रहेको बताउनुभयो।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ।

पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत समावेश गरिएको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, ऊर्जा लगायतका आधारभूत पूर्वाधारको विस्तार र सुधार, विपन्न तथा विशेष समूहका लागि सामाजिक सुरक्षा कार्यक्रम, ई–गभर्नेन्स, डिजिटल सेवा विस्तार, युवा र महिलाको उद्यमशिलता अभिवृद्धि, रोजगार सिर्जना लगायतका कार्यक्रमहरू प्राथमिकतामा रहेका छन् । IMG-20250623-WA0047

१६ औं गाउँसभा अधिवेशनमा वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीको सहभागिता थियो ।  सार्वजनिक गरिएका नीति तथा कार्यक्रमहरूलाई सभाका सदस्यहरुले कर्वान्वयन गर्ने ध्यान दिन सुझाव दिएका छन् ।