इटहरी | इटहरी उपमहानगरपालिका वडानं ५ वडा सदस्य हुन गोपाल गिरि।उनी गएको स्थानीय चुनावमा निर्वाचनमा जित हासिल गरेपछि स्थानीय तहको प्रतिनिधि भएका हुन् ।उनको जन्म मिति (२०३५/०४/११) गते आइतबार भएको हो। अहिले ऊनी जनताको आवश्यकता बुझेर सेवा प्रवाहमा सहजीकरण गर्छन्। सडक, पानी, विद्युत, सरसफाइ, शिक्षा, स्वास्थ्यजस्ता स्थानीय विकासका योजनामा संलग्न हुन्छन्। नागरिक गुनासो सुनिन्छ, समस्या समाधानमा भूमिका खेल्छन्। सामाजिक सुरक्षा, जन्म-मृत्यु दर्ता, राहत वितरण, शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पनि उनी निर्वाह गर्न पछी पर्दैन । वडा सदस्य जनप्रतिनिधि र जनताको बीचको महत्वपूर्ण सेतु हुन् नै ,यही कामलाई प्राथमिकता दिएर काम गर्नु उनको दैनिकी हो।जनप्रतिनिधि भएको हैसियतमा आउने सरकारी सुबिधाहरु जनतालाई फिर्ता गर्नु उनको प्रसंसनिय कदम हो।उच्च ओहदामा पुगेर केहि मानिसहरू अनियमितता गर्छन् र धन कमाउछ्न तर उनी त सरकारले दिएको ,कानुनले किटान गरेको सुबिधा पनि जनतालाई सुम्पन्छ्न र तलब भत्ता फिर्ता गर्छन् र बिकासमा लगाउछ्न।काम गर्नेलाई उच्च ओहदामा पुग्न पर्दैन भन्ने प्रमाण गोपाल गिरि हुन् जो हरपल जनताको माझमा दुख सुख साट्छन।
स्थानीय समाजसेवी भनेको आफ्नो समुदायमा सेवा, सहयोग र विकासका लागि निस्वार्थ रूपमा काम गर्ने व्यक्ति हो। उनीहरू शिक्षा, स्वास्थ्य, सरसफाइ, गरिबी निवारण, महिला सशक्तिकरणजस्ता क्षेत्रमा सक्रिय रहन्छन्। समाजको समस्या बुझेर समाधान खोज्नमा उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।यस्ता सामुदायिक काममा दत्तचित्त भएर लाग्नु गिरिको आफ्नो पन हो जसका कारण स्थानीय जनताको मनमा बस्न सफल भएका छन् गोपाल गिरि।जनताका दुख सुखका साथी उनी जनताका घरदैलोका सारथि हुन ।यस्ता ब्यक्ति गिरिको आज जन्मदिन पनि हो।
दान, दातव्य र सहयोग मानवीय संवेदना र सेवा भावले प्रेरित कार्यहरू हुन्। यी कार्यले दुःखी, गरिब र आवश्यक परेका व्यक्तिहरूलाई राहत पुर्याउँछन्। समाजमा समानता, करुणा र सहअस्तित्वको भावना विकास गराउँछन्।गोपाल गिरि पनि यस्ताकामबाट टाढा छैनन् ।हरेकको दुख आफ्नु संझनु उनको मौलिकता हो।यस्तो कार्य गर्न पाउदा खुसीले पुलकित हुन्छन् गोपाल गिरि।शिक्षा सम्बन्धि क्षेत्रमा ऊनी उत्तिकै जागरुक छन् ।बिधालयहरुमा विभिन्न शैक्षिक सामग्री बितरण ,सहयोग आदि काममा नि पछाडि छैनन् ।सरसफाइ भनेको वातावरणलाई सफा, स्वस्थ र सुन्दर बनाउने प्रक्रिया हो। अनुगमनले सरसफाइको गुणस्तर, नियमितता र प्रभावकारिता मूल्यांकन गर्छ। दुबैले सार्वजनिक स्वास्थ्य, सौन्दर्य र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँछन् भन्ने कुरालाई आत्मसात गर्दै स्थानीय सरसफाइमा निरन्तर लाग्दै आएका छन ।असहायहरू भन्नाले शारीरिक, मानसिक, सामाजिक वा आर्थिक कारणले सहयोग बिना जीवन यापन गर्न नसक्ने व्यक्तिहरू हुन्, जसलाई माया, सहारा र संरक्षण आवश्यक पर्छ भन्ने कुरा उनले राम्रोसँग बुझेका छन् र यस्तोमा सरसहयोग गर्दै आएका पनि छन् ।
स्थानीय जनताको प्रतिनिधि हुनका नाताले भौगोलिक पूर्वाधार सडक, पुल, सिचाइ, जल, विद्युत, संचार, यातायात जस्ता भौगोलिक स्थानसँग सम्बन्धित सेवा र संरचनालाई ब्यबस्थित र ब्यबहारिक बनाउन अहोरात्र लागी परेका छन् ।यस्तो कार्यले बिकास र समृद्धिमा टेवा पुर्याउदै आएका छन ।
यदि गोपाल गिरिले यसैगरी आफ्नो निस्वार्थ कामलाई निरन्तरता दिदै आए भने सामाजिक तथा राजनीतिक र समाजिक क्षेत्रका मेरुदण्ड हुन् सक्छन् । जनताको जीवन, सोच र क्रियाकलापमा समाजिक तवरले गहिरो प्रभाव पार्न सक्छन् । जनताहरु साथ चाहान्छ्न त्यो पनि निस्वार्थ । गिरिको पनि यस्तै निस्वार्थ सेवाभाव भएकोले प्रेरणाका स्रोत, परिवर्तनका वाहक, र मुलुकको भविष्य निर्माण गर्ने संवाहक पनि हुन् सक्ने संकेतहरु उनको दैनिक गतिविधिले स्पष्ट पारेको छ।


