सुनसरी — इटहरी २० तरहरामा रहेको श्री जनसहयोग माध्यमिक विद्यालय, सुनसरीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका डेनिस राज बानिया र सजना तामाङले जिल्लामै सबैभन्दा बढी अङ्क ल्याएर विद्यालयलाई गौरवान्वित बनाएका छन्।

उत्कृष्ट नतिजा ल्याउने यी दुई विद्यार्थी मात्र नभई, विद्यालयका ७०% भन्दा बढी विद्यार्थीहरू एसईई परीक्षामा सफल भएका छन्। सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

IMG_20250701_090211

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं २० का अध्यक्ष मणिराम श्रेष्ठ   जनसहयोग मावि प्रधानाध्यापक जनक बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश तिवारीलगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा सहायक प्रधानाध्यापकले मन्तव्य राख्दै विद्यार्थीहरूलाई मेहनतलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो।

त्यस्तै सामुदायिक विद्यालयमै उत्कृष्ट अङ्क ल्याउन सफल यस विद्यालय शिक्षक अभिभावक साथै व्यवस्थापन समितिका सदस्यज्यूहरू सम्पूर्णलाई यो सफलतामा सबैको सहकार्य रहेको बताउँदै धन्यवाद दिनुभयो।

विद्यालयका प्रधानाध्यापक जनक बस्नेतले विद्यार्थीहरूलाई सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ।

IMG_20250701_083833