इटहरी । खड्गपुरिया लेखी थारु संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले सरोज लेखीको अध्यक्षतामा नयाँ कर्यसमिती चयन गरेको छ ।  सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । शनिबार इटहरी–४ स्थित प्रिया पार्टी प्यालेसमा  सुरु गरिएको साधारणसभा तथा प्रथम अधिवेशनमा सस्थाका अध्यक्ष मोहिन नारायण लेखीको अध्यक्षता रहेको थियो भने  प्रमुख अतिथि लेखी थारु समुदायका जेष्ठ नागरिक सप्तरी इनरलाल लेखीको रहनुभएकोे थियो ।

WhatsApp Image 2025-07-12 at 16.47.49_7154855e

कार्यक्रममा २५  जनाले  रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोग  रहेको थियो । सस्थाका कोषाध्यक्ष सोनालाल लेखीले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदन अनुसार संस्थाले सो अवधिमा जम्मा ३ लाख ६० हजार २ सय ५५ रुपैयाँ आम्दानी गरेको छ भने कुल खर्च ६८ हजार १ सय ९६ रुपैयाँ भएको उल्लेख गरिएको छ । प्रस्तुत प्रतिवेदन अनुसार, यो वर्ष संस्थाले २ लाख ९२ हजार ५८ रुपैयाँको बचत गर्न सफल भएको छ । संस्थाप्रति सहयोग पु¥याउने तिल नारायण लेखी, लक्ष्मी लेखी, मिलन लेखी तथा राम कुमार लेखीलाई संस्थाले सम्मान गरेको हो ।  अधिवेशनबाट सर्वसम्मत रूपमा सरोज लेखीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नव–निर्वाचित अध्यक्ष लेखीले संस्थाले आगामी दिनमा सांस्कृतिक तथा मानव सेवामूलक कार्ययोजना बनाई अगाडि बढ्ने जानकारी दिनुभयो ।

WhatsApp Image 2025-07-12 at 16.47.45_7441113a