इटहरी । युनिसेक्स पार्लर सम्बन्धी सेवा उपलब्ध गराउने उद्धेश्यले फेसियल हाउसले आफ्नो १० औ शाखा इटहरीमा स्थापना गरेको छ । इटहरीको सेन्ट्रल प्लाजामा आज एक कार्यक्रमका बिच इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले रिबन काटेर शाखा उद्घाटन गर्नुभएको हो । कपाल र छाला सम्बन्धी सौन्दर्य सेवा ,हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रीटमेन्ट, मेडीकेयर, जेल नेल, माइक्रो ब्लेडिङ, पिम्पल तथा चायापोताको उपचार समेत प्रदान गरिने फेसियल हाउसकी प्रबन्ध निर्देशक, उद्योग वाणीज्य संघ काठमान्डौकी सचिव सुस्मा महराले जानकारी दिनुभयो । हालको आर्थिक मन्दीका बाबजुद पनि कम्पनीले छोटो समयको नाफा भन्दा व्यवसाय दीर्घकालीन रूपमा टिकाउन इटहरी शाखा स्थापना गरेको उहाँको दाबी छ । यो संस्थाबाट परिवारका सबै सदस्यले सेवा लिन सक्ने जनाइएको छ । काठमाडौं, चितवन, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेतमा शाखा विस्तार गरिसकेको संस्थाले अब इटहरीबाट सहुलियत मुल्यमा सेवा प्रदान गर्ने जनाएको छ । महराका अनुसार, एकैपटक विभिन्न शाखाहरूको लागि सामूहिक रूपमा कस्मेटिक सामान मगाउँदा लागत कम हुने भएकाले ग्राहकलाई सुपथ मूल्यमा सेवा दिन सकिने छ । केही वर्षअघी झापामा फेसियल हाउसको शाखा स्थापना गरिएको भएता पनी कोभिड १९ का कारण निरन्तरता दिन नसकेपछी शाखा बन्द गरिएको थियो । त्यसपश्चात पश्चीम र मध्य पश्चीम क्षेत्रबाट मात्र सेवा दिदै आएको फेसियल हाउसले पुन इटहरीमा पनी शाखा विस्तार गरेको जनाएको छ । झापामा तीन वर्षअघि सञ्चालनमा आएको यो सेवा एक वर्षमै कोभिडका कारण बन्द भएको थियो। राजधानीमा व्यापार गर्दा धेरै आम्दानी हुन्छ भन्ने मानसिकतालाई तोड्दै गाउँगाउँमा सेवा विस्तार गर्ने उद्देश्य रहेको महराको भनाइ छ ।  कार्यक्रममा सहभागी प्रमुख अतिथी उपप्रमुख संगिता कुमारी चौधरी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, व्यवसायी गायत्री भण्डारीहरुले आफ्नो तहबाट व्यवसाय र व्यवसायीलाइ प्रवर्धन गर्न भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।