भोजपुर | भोजपुरका ९ वटै स्थानीय तहको  परिचय, ऐतिहासिक,धार्मिक,साँस्कृतिक  विशेषता समेटिएको "भोजपुर हाम्रो भोजपुर" बोलको गीत  सार्वजनिक भएको  छ ।

गीतकार कमला प्रधानले रचना गरेको गीतलाई गायक ,सङ्गितकार तथा एरेन्जर मनोज  साङ्सोन राईले संगीत भरेका हुन् । उक्त गीतमा मनोज साङसोन, लिला राई खगेन्द्र थामी,टीका मगर,तारा नुमिहाङ ,कला इशारा ,र रिजना राईले स्वर दिएका छन् ।

राजु कार्कीको मिक्सिङ रहेको यो गीत स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् । यस अघि उनको शब्द रचना रहेको तारा टुटि झरे सरी ,कुसुमेरुमाल,भोजपुर घोडेटार दावा मान्द्रे गाउँ,ए  साइमा,सुनै सुन फल्छ,धकढकाइ मनको धोका ,कसम तिमीलाई ,न पाउन सके तिम्रो साथ ,पिपल छेउमा वर र किराँत राई बान्तावा बार्ताङ बङ्स सम्बन्धी किरावाची हामी बार्ताङ्छा  आदि  गीत सार्वजनिक भै सकेका छन् । भोजपुर नगरपालिका  ४ की स्थायी बासिन्दा गीतकार प्रधान राम्रो कवि पनि हुन् ।