ईटहरी | ईटहरीमा शैक्षिक क्षेत्रमा सशक्त पहिचान बनाएको कस्तूरी कलेजले सूचना प्रविधिमा चासो राख्ने विद्यार्थीहरूका लागि नयाँ उपलब्धि थप्दै यस वर्षदेखि Bachelor of Information Technology (BIT) कार्यक्रम सुरु गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कार्यक्रम २०८२ शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो।

BIT कार्यक्रम चार वर्षे व्यावसायिक कोर्ष हो, जसमा ४८ जना विद्यार्थी भर्ना हुन सक्नेछन् भने ५ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। यो कार्यक्रम विशेषगरी विज्ञान तथा व्यवस्थापन संकायमा Mathematics विषय लिएका विद्यार्थीका लागि लक्षित गरिएको छ।

यसअघि, २०५६ सालमा ८ जना शिक्षाप्रेमी युवाहरूको पहलमा स्थापित कस्तूरी उच्च माविले व्यवस्थापन संकायबाट +2 कार्यक्रम सञ्चालन गर्दै आएको थियो। २०७७ सालदेखि कलेजले +2 मा विज्ञान संकायसमेत थपेको हो।

विद्यार्थी तथा समाजको मागअनुसार, २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर BBA कार्यक्रम सुरु गरिएको कस्तुरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिनु भयो ।

हालसम्म BBA मा २४ वटा ब्याच सञ्चालन भइसकेका छन्, र हालको कोटा ९६ जना रहेको छ। यसमध्ये १० जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने व्यवस्था गरिएको छ। BBA कार्यक्रमअन्तर्गत संचिता कोइराला, सार्थिका तोदी र निशा शेर्पाले नेपाल टपर हुँदै गोल्ड मेडल प्राप्त गरिसकेका छन्।IMG-20250803-WA0025

त्यस्तै, २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर BBS र २०६७ सालमा MBS कार्यक्रम सुरु गरिएको हो। यस वर्ष BBS को २०औं ब्याच र MBS को १६औं ब्याचका लागि भर्ना खुला गरिएको छ।

BIT, BBA तथा BBS कार्यक्रमका लागि प्रवेश परीक्षा श्रावण ३० गतेबाट  तोकिएको छ ।