इटहरी । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत लायन्स क्लब अफ इटहरी न्यु भिजनको आयोजनामा इटहरी–२ स्थित मिलिजुली टोल द्धारा राधाकृष्ण मन्दिरमा निःशुल्क सुगर तथा प्रेसर जाँच कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम लायन सुरेश धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री र विशिष्ट अतिथि रिजन चेयरपर्सन लायन भूपराज पुरी रहनु भएको थियो। कार्यक्रमको संयोजन युवराज काफ्लेले गर्नुभएको थियो भने सञ्चालन पनि उहाँले नै गर्नुभएको थियो । कार्यक्रममा ८७ जनाको रक्तचाप तथा रक्तमा चिनीको मात्रा (सुगर) जाँच गरिएको आयोजकले जानकारी दिएको छ । स्थानीय समुदायलाई लक्षित गरी गरिएको यो कार्यक्रम स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।


