सुनसरी / जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय सुनसरी मातहतमा सञ्चालित  नागरिक आरोग्य सेवा केन्द्रहरू यस आर्थिक वर्ष २०८२/८३ देखि गढी गाउँपालिका सुनसरीलाई हस्तान्तरण गरिएको छ अब सेवा केन्द्र गढी गाउँपालिकाकै व्यवस्थापनमा सञ्चालन हुनेछन्।

नागरिक आरोग्य सेवा केन्द्रहरूलाई समुदायमै पहुँचयुक्त, वैकल्पिक तथा आयुर्वेदिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको हो। हस्तान्तरणपछि स्थानीय तहलाई सेवा केन्द्रको पूर्वाधार, जनशक्ति तथा सञ्चालन खर्चको व्यवस्थापन जिम्मा दिइनेछ।

IMG_20250805_162440

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय सुनसरी प्रमुख डा. उमेश कुमार मेहता ले नागरिक आरोग्य सेवा केन्द्रहरूलाई अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने विश्वास व्यक्त गर्नु भयो।उहाले भन्नु भयो, “स्थानीय तहको सक्रिय सहभागिताले समुदायस्तरमै आयुर्वेद सेवा सुलभ हुनेछ। यो हस्तान्तरणले सरकारको सहरी स्वास्थ्य सुदृढीकरणमा टेवा पुर्‍याउनेछ।”

त्यस्तै गढी गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत सुनिता रिमालले हस्तान्तरणप्रति धन्यवाद व्यक्त गर्दै भन्नु भयो , “अब पालिकाले केन्द्रको सेवा विस्तार, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालनमा आफूलाई समर्पित गर्नेछ। यो प्रक्रिया जनस्वास्थ्यलाई नजिक लैजाने महत्वपूर्ण कदम भएको बताउनु भयो ।


गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले नेपाल सरकारको नीति अनुसार जनताको सेवामा समर्पित हुँदै जनस्वास्थ्य सेवा नजिकबाट र सुलभ रूपमा उपलब्ध गराउने रणनीतिमा आधारित यो कदमलाई स्वागत योग्य काम रहेको बताउनुभयो 

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण चौधरी उपाध्यक्ष अनिता कुमारी शाह, गाउँपालिका प्रवक्ता प्रभाकर माझी, स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।