इटहरी । नेपालमा भरपर्दो तथा शैक्षिक परामर्श सेवामा अग्रणी मानिने ओली एन्ड एसोसिएट्स एजुकेशन कन्सल्टेन्सी, इटहरी शाखाले ग्लोबल एजुकेशन एक्स्पो २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । इटहरी स्थित आफ्नै कार्यालयमा सोमबार सम्पन्न भएको ग्लोबल एजुकेशन एक्पो २०२५ मा विदेश जाने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिईएको थियो । ओली एन्ड एसोसिएट्स इटहरीका ब्रान्च म्यानेजर राजेश कुमार शाहका अनुसार एक्पोमा दुई सय भन्दा बढी बिद्यार्थीहरुले बैदेशिक अध्यायनका लागि परामर्श लिएका छन्। विगतका बर्षहरुमा झैँ यस बर्ष पनि उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा, बेलायत ,संयुक्त राज्य अमेरिका, फ्रान्स र न्यूजील्याण्ड लगायका देशहरुमा जान लागेका विद्यार्थीलाई अब्बल शैक्षिक परामर्श दिने मात्र नभएर विद्यार्थीको करिअर काउन्सिलिङमा समेत ओली एन्ड एसोसिएट्सले विशिष्ट स्थान हासिल गरेको म्यानेजर शाहले बताउनुभयो । ग्लोबल एजुकेशन एक्पोमा परामर्श लिन आएका विद्यार्थीहरुले पनि ओली एन्ड एसोसिएट्स एक उत्कृष्ट कन्सलटेन्सी भएको बताउदै यहाँबाट विदेश अध्यायन गर्न जानेहरुले अहिलेसम्म कुनै दुख नपाएको बताएका छन्। सन् २००२ मा स्थापित भएर विभिन्न आरोह–अवरोह र तिता–मीठा अनुभव सँगाल्दै आएको यो कन्सल्टेन्सीले अहिलेसम्म ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई सेवा दिएको छ ।


