इटहरी | संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजनामा आगामी भाद्र ३ गते पाठेघर मुखको क्यान्सर सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ।

कार्यक्रम बिहान साढे ८ बजेबाट संगीत सामुदायिक भवनमा सुरु हुनेछ। उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गर्नेछ।

संगीत प्रतिष्ठान टोल विकास संस्था महिला समितिको व्यवस्थापनमा सञ्चालन हुने यो कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने संस्थाका अध्यक्ष विकाश भण्डारीले जानकारी दिनु भयो ।

आयोजक संस्थाले इटहरीका महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण गरेर रोगको जोखिम कम गर्न यो अवसरको उपयोग गर्न आग्रह गरेको छ।