सुनसरी । नेकपा (एमाले) बर्जू गाउँ कमिटीको आयोजनामा बर्जू गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता तथा तीनै तहका जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बर्जू–३ राम जानकी (कुटी) स्थित सामुदायिक भवनमा भएको हो। कार्यक्रममा उल्लेखनीय संख्यामा अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

अन्तरक्रिया कार्यक्रमको सभाध्यक्षता नेकपा (एमाले) बर्जू गाउँ कमिटी अध्यक्ष भिम भट्टराईले गर्नुभयो। प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा सुनसरी–३ इन्चार्ज माननीय भगवती चौधरी सहभागी हुनुभएको थियो।

537128254_122130205868817176_4793294074841500613_n

त्यस्तै, प्रदेशसभा सदस्य रामदेव यादव र रोहित बी. कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा बर्जू इन्चार्ज प्रदिप चौधरी, दुहबी इन्चार्ज आबिद हुसेन, गढी इन्चार्ज माया पोख्रेल, सुनसरी–३ क्षेत्रीय समन्वय समिति संयोजक ओमप्रकाश मेहता, सचिव मिलिराम चौधरी, क्षेत्रीय समन्वय समिति ‘क’  संयोजक शिवनारायण चौधरी, समिति ‘ख’ संयोजक तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरी, उपाध्यक्ष अनिता चौधरी, बर्जू गाउँपालिका अध्यक्ष जीवछ राय, उपाध्यक्ष नीतु चौधरीलगायत स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरूको समेत उल्लेखनीय सहभागिता थियो।

अन्तरक्रियामा स्थानीय तहका नीतिगत गतिविधि, पार्टीको आगामी योजना तथा संगठन सुदृढीकरणबारे विस्तृत छलफल गरिएको नेकपा (एमाले) बर्जू गाउँ कमिटी अध्यक्ष भिम भट्टराईले बताउनूभयो।

536482946_122130206162817176_364726408341615634_n

537060723_122130206018817176_4316132753918415099_n