मोरङ / जिल्ला प्रशासन कार्यालय मोरङले बेलबारी नगरपालिकाको समन्वयमा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले दिने सेवा प्रवाहका विभिन्न विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उपस्थितले गरेका सवाल जवाफमा सिडिओ, सहायक सिडिओ जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधि स्थानीय जनता कर्मचारी जनप्रतिनिधि हरूले जिल्ला प्रशासन कार्यालय बाट लिने सेवाहरू मध्ये नागरिकता मा भएका विभिन्न समस्याहरू समाधानका उपायहरूको बारेमा प्रश्न उत्तर गरेका थिए ।
कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख इन्द्रदेव यादव, नेपाल प्रहरी मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक राजन शर्मा सापकोटा, तथा बेलबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर राजबलट लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।



