सुनसरी | हिमशिखा ई.बो. स्कुल भमरिद्वारा आयोजित "Himshika Quiz–2082" कार्यक्रम मंगलबार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। Quizzing Today, Leading Tomorrow नारासहित सम्पन्न उक्त क्विज प्रतियोगितामा गढी गाउँपालिकाभित्र रहेका निजि विद्यालयहरूका जम्मा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए।
कार्यक्रमको समापन समारोहमा गढी गाउँपालिकाका अध्यक्ष श्री आरा नारायण चौधरीज्यू प्रमुख अतिथि रहनु भएको थियो भने, हिमशिखा ई.बो. स्कुलका प्रिन्सिपल श्री भुप नारायण भगत समाध्यक्ष रहनु भएको थियो।
प्रतियोगितामा हिमशिखा ई.बो. स्कुल, भमरीले प्रथम स्थान हासिल गर्न सफल भयो। दोस्रो स्थान : पूर्वा ई.बो. स्कुल, अराबनी,तेस्रो स्थान : कामक्षा विद्या मन्दिर, मधोली र सान्त्वना (चौथो) स्थान : एभरेस्ट ई.बो. स्कुल, अराबनी भयो ।
विजेताहरूलाई प्रमुख अतिथि र समाध्यक्षद्वारा ट्रफी र मेडल प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले विद्यार्थीहरूलाई यस्तो प्रतियोगिताले ज्ञानवृद्धि मात्र नभई आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न ठूलो सहयोग पुग्ने बताउनु भयो। समाध्यक्ष भगतज्यूले विद्यालयहरूले शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने र क्विज जस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता उजागर हुने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजकमा रोहित शाह र राजु हुमागाई रहनुभएको यो कार्यक्रम स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।


