इटहरी / २०८२ साल भाद्र २२ गते सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिकाले भाद्र २४ देखि २६ गतेसम्म इटहरीका सम्पूर्ण विद्यालय, शैक्षिक संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएको छ।

राष्ट्रव्यापी रूपमा भइरहेको जेनजीको आन्दोलन शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर आफ्ना माग राख्ने प्रदर्शन गर्ने अधिकार हुँदाहुँदै इटहरीमा हिंसात्मक तरिकाले उपमहानगरपालिका प्रवेश गरी तोडफोड तथा आगजनी गर्ने सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसात्मक गतिविधि को घोर भत्सना गर्दै अराजक सार्वजनिक सम्पत्तिको तोडफोड, आगगजनी गर्ने गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गर्न मागसमेत गरिएको नगर प्रमुख हेम कर्ण पौडेलद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

त्यस्तै देशव्यापी आन्दोलनको क्रममा इटहरीमा भएको प्रदर्शन/आन्दोलनमा ज्यान गुमाउने प्रती श्रद्धाञ्जली व्यक्त गर्दै गहिरो दुःख प्रकट गरेको छ। आन्दोलनमा घाइते भएकाहरुलाई तत्कालीन उपचारको व्यवस्था मिलाउन संघीय सरकारसँग माग गरेको छ।

आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिका नगरप्रमुखको कार्य कक्ष पूर्णरुपमा आग्जनी तोडफोड गरेर ध्वस्त बनाइएको छ भने कार्यालय परिसरमा रहेका दमकल, ट्रिपर, ग्रेडर लगायत दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरिएको छ। त्यस्तै नगरपालिका छेउका घरहरू मा समेत तोडफोड गरिएको छ। 

FB_IMG_1757355947105