इटहरी । नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको पहलमा सोमबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।

1758033672922

हालै जेनजी आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या बढ्दै गएको र संघ–संस्थाहरूबाट पछिल्लो समय रक्तदान कार्यक्रम सञ्चालन नभएकाले रक्त अभाव देखिएको जानकारी पाएपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको एमाले इटहरी उपमहानगर कमिटीका अध्यक्ष रुपेश बस्नेतले जानकारी दिनुभयो। उहाँले नेकपा एमाले सदैव समाज र जनताको आवश्यकता अनुसार क्रियाकलापमा संलग्न रहने बताउँदै रक्तदान जीवनदानको महान कार्य भएकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

1758033680936


कार्यक्रममा एमाले नेतृ लक्ष्मी गौतम, तयब हुसैन, अमृता सांवा, द्वारिकलाल चौधरी, सर्वध्वज सावा, प्रमोद शेर्पा, राजकुमार गिरी, याम सुब्बा लगायत नेता तथा स्थानीय युवा, समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले रक्तदानलाई मानवीय सेवा, सामाजिक उत्तरदायित्व र मानव जीवन रक्षा गर्ने अभियानका रूपमा व्याख्या गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

रक्तदान कार्यक्रममा सहभागी युवाहरूले समेत “रगतले पार्टी हेर्दैन, जीवन बचाउँछ” भन्ने सन्देश फैलाउने अठोट व्यक्त गरेका थिए।

1758033189633

1758017588916