इटहरी । मोरङमा आर्थिक अवस्था कम्जोर भएका एक बालकको बिराटनगरस्थित कोशी अस्पतालमा निशुल्क उपचार हुने भएको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर ५ चिसाङ निवासी मणिराज राई र राधिका राईको जेठा छोरा १७ बर्षीय बिराज राईको  निशुल्क उपचार हुने व्यवस्था गरिएको हो । विगत ५ महिना देखि दिशाबाट रगत जाने कारण बिरामी परेर थलिएका बिराजको घरको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएर उपचार हुन् बाट बन्चित भएका थिए । उनलाई राप्रपा कानेपोखरी गाउँपालिका महिला सगठनकी अध्यक्ष  देवि माया थापाको पहल तथा सामाजिक व्यक्तित्व सुन्दरहरैंचा निवासी मान बहादुर श्रेष्ठको समन्यवमा कोशी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरिएको छ ।

आर्थिक अवस्था कम्जोर भएर खानलाई समेत समस्या भएको अवस्थामा कोही पनि व्यक्ति पैसाकै कारण उपचार हुनबाट बन्चित नहोस् भनेर निशुल्क उपचारको व्यवस्था गरिएको सामाजिक व्यक्तित्व श्रेष्ठले बताउनुभयो ।  गाउँपालिका महिला सगठनकी अध्यक्ष थापाले  घर परिवार र बिरामीको अवस्था देखेर आफू निकै दुखित भएको भन्दै त्यो बालकलाई आफैले गाडी भाडा तिरेर अस्पताल ल्याएको बताउनुभयो । उहाँले राप्रपा कानेपोखरीले २ बोरा चामल ९ प्याकेट खाने तेल र ७ हजार नगद पनि सहयोग गरेको जानकारी दिनुभयो । केहि समय अघि पनि व्यक्तित्व श्रेष्ठ र धन बहादुर याम्फु राईको टीमले खाद्यन सहयोग गरेको थियो ।