इटहरी । असोज १८ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा इलामको माईजोगमाई गाउँपालिकाले सर्वसाधारणको घर–घरमै स्वास्थ्य सेवा दिन थालेको छ । पहिरोका कारण स्वास्थ्य संस्थासम्म जान सक्ने अवस्था नभएपछि माईजोगाई(छ प्याङका स्थानीयको घरमै प्राथमिक स्वास्थ्य सेवा दिन थालिएको हो ।  स्वास्थ्य संस्था सम्म आउन नसक्ने भएपछि वृद्धवृद्धा, बालबालिकासहित अशक्तहरूलाई घरमै गएर उच्च रक्तचाप, ज्वरोलगायतका बिरामीलाई प्राथामिक सेवा प्रदान गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डाक्टर अभिषेक देव ठकुरीले बताउनुुभयो । असोज १८ को पहिरोमा परी प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै, विपद्का कारण प्रभावित बनेको माईजोगमाई–१ऽ मलुमझुवामा पनि स्थानीयका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । माईजोगमाई आधारभूूत अस्पतालबाट खटिएको डाक्टर यस्मिन शेर्पा नेतृत्वको टोलीले ४८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । शिविर सञ्चालनका क्रममा बाढी पहिरोबाट स्वच्छ खानेपानी प्राप्त गर्न नसकिएको अवस्थामा पीउने पानीलाई शुद्धीकरण कसरी गर्ने र पानी प्रयोग गर्ने भन्नेमा सचेतना समेत गराइएको माईजोगमाई गाउँपालिकाका कर्मचारी डम्बर निरौलाले बताउनुुभयो । यता जिल्लाका विपद् युक्त क्षेत्रहरूमा आवश्यक प्राथमिक उपचारसहित पानी शुद्धीकरण गर्ने औषधी, डेङ्गुु, मलेरिया जाँच गर्ने कीटहरू सबै पालिकामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विमल बरालले जानकारी दिनुुभयो ।