इटहरी । सञ्चारिका समूह नेपाल, सुनसरीको आयोजनामा लेखिका सीमा आभासद्वारा लिखित उपन्यास “महायुग” माथि शनिबार एक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसमा सम्पन्न भएको हो। उक्त कार्यक्रमको अध्यक्षता सञ्चारिका समूहकी अध्यक्ष रञ्जना पौडेलले गर्नुभएको थियो भने सञ्चालन महासचिव ज्योति पोख्रेलले गर्नुभएको थियो। परिचर्चाका वक्ताहरूले “महायुग” उपन्यासलाई समकालीन सामाजिक यथार्थ, महिलाको संघर्ष र मानवीय मूल्यका गहिरा पक्षहरू उजागर गर्ने सशक्त कृति रहेको बताएका थिए। उनीहरूले लेखिका आभासको दुई दशकभन्दा लामो साहित्यिक यात्रामा यो उपन्यासलाई हालसम्मको उत्कृष्ट कृति भएको टिप्पणी गरे ।  लेखिका आभासका यसअघि प्रकाशित कृतिहरूमा कविता सङ्ग्रह “साँझको सङ्घार” (२०६३), कथा सङ्ग्रह “टापुका स्वरहरू” (२०६६) र कविता सङ्ग्रह “म स्त्री अर्थात् आइमाई” (२०७३) रहेका छन्। “महायुग” उहाँको चौथो कृति हो, जसलाई साहित्यिक यात्राको महत्वपूर्ण चरणका रूपमा वक्ताहरूले स्मरण गरेका छन् ।  परिचर्चामा वक्ता मनु मञ्ज्लि, टिका आत्रेय र अस्मिता विष्ट लगायतले उपन्यासका विभिन्न पक्षबारे आफ्ना विचार प्रस्तुत गर्दै कृतिको साहित्यिक महत्त्व र समसामयिकता माथि चर्चा गर्नुभएको थियो ।

WhatsApp Image 2025-10-18 at 18.43.25_90a646a8

कार्यक्रमका बीचमा प्रज्वल पराजुलीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने लेखिका आभासले आफ्ना विचार राख्दै महायुग”मा समावेश सन्देश र भावनाबारे विस्तृत रूपमा स्पष्टीकरण दिनुभयो । उहाँले पाठक तथा समीक्षकको माया र समर्थनले आफूलाई अझ सशक्त लेखनतर्फ उन्मुख बनाएको बताउनुभयो । 

इटहरीमा लेखिका सीमा आभासको उपन्यास ‘महायुग’ माथि पुस्तक परिचर्चा सम्पन्न0-18 at 18.36.46_a1ab3570


सञ्चारिका समूहका पदाधिकारीहरूले महिलाको लेखन, पत्रकारिता र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा स्थानीय साहित्यकार, समाजसेवी, सञ्चारकर्मी, पुस्तकप्रेमी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।