सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप २०८२ को उपाधी आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लबले हात पार्न सफल भएको छ । फाइनल खेल " जनता  भेट्रान्स फुटबल भर्सेस प्रकासपुर भेट्रान्स फुटबल क्लब बिच भएको थियो । फाईनल खेल मा आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लब को २ गोल र र जनता भेट्रान्स फुटबल क्लब को शुन्यका बिच प्रकासपुर भेट्रान्स फुटबल क्लब ले जित हासिल गरेकाे हो । खेलमा दुबै टिम जितको अभिलाषा लिएर उत्रेको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । प्रतिस्पर्धात्मक रहेको खेलमा जनता भेट्रान्स फुटबल क्लब ले पटक पटक पाएको अवसर गुमाउन पुगेपछि उपबिजेता बनेकाे हो।जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को फाईनल खेल मा सभापति को रुपमा क्लबको उपाध्यक्ष सागर शुब्बा  रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका वडा -१० को वडा अध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो भने अतिथिको रुपमा बडा सदस्य , समाजसेवि , बिभिन्न सङ्सस्थाको प्रतिनिधि ,  सुरक्षाकर्मी, सन्चारकर्मी ,स  खेल प्रमी  लगाएत स्थानिय ब्यक्ति हरुको उपस्थिति रहेकाे थियो । 

प्रतियोगितामा विजेता प्रकासपुर भेट्रान्स फुटबल क्लबले  नगद ५० हजार १०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । खेलमा बिभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘पुरस्कार प्रदान गरिएको थियो । आयोजकका अनुसार यो पहिलो प्रयास हो पहिलो प्रयासमा भेट्रान्स कपले प्रकाशपुर क्षेत्रको खेलकुदमा नयाँ ऊर्जा थप्ने र अनुभवी खेलाडीबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य ले गरिएको खेल गरिएको हो ।प्रकासपुर भेट्रान्स फुटबल क्लबले आज सफलता पाएको छ ।IMG-20251019-WA0077