इनरुवा । अस्ट्रेलियामा बस्दै आएका दाजुलाई प्रविधिको प्रयोग गरि इनरुवाकि सुरभि भट्टराईले तिहारको टीका लगाइदिएकिछ्न ।

    दिदीबहिनीले दाजुभाइलाई श्रद्धा ,आस्था ,निष्ठाका साथ भाईटिका लगाईदिने परम्परा अनुसार अस्ट्रेलियामा बस्दै आएका इनरुवा ५ बलाहाका नेजिन भट्टराईलाई बहिनी सुरभिले आरोग्य र दिर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाइदिएकी हुन ।

कार्तिक शुक्ल द्धितियाका दिन बहिनी यमुनाले यमराजलाई टीका लगाइदिएर दिर्घायुको कामना गरेको र यमराजले दिर्घजीवन पाएको विश्वासका साथ हिन्दुधर्मावलम्बीहरुले सोही दिन भाईटिका लगाउने गरेको मिथक रहेको छ । भाईटिकाका लागि टाढाटाढाका दिदीबहिनी दाजुभाई भेला हुने गर्दछन । सात समुन्द्रपार रहेकाहरुले पनि भाईटिका लगाउने गरेका छन ।

एकैठाउँ भेला भएर टीका लगाउन नसक्नेहरुले पछिल्लो समय प्रविधिको प्रयोग गर्न थालेका छ्न । सुरभिले पनि दाजु नेजिनलाई मेसेन्जरका माध्यम बाट बिधिपुर्वक टीका लगाइदिएकी हुन । केही बर्ष देखि अध्ययनको सिलसिलामा नेजिन अस्ट्रेलियाको मेलवनमा बस्दै आएकाछन ।

सुरभि र नेजिनले मात्र नभएर पछिल्लो समय टाढा हुने नेपालीहरुले प्रबिधिको प्रयोग गरेर सस्कार ,सस्कृती,चाडपर्व  मनाउन थालेका छ्न । यसरी धर्म ,सस्कार ,सस्कृती ,कलाको जर्गेनामा युवापुस्तालाई प्रबिधिले साथ दिन थालेको पाईन्छ ।