इटहरी । २२ वर्षदेखि सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीले अष्ट्रेलिया र युकेका विभिन्न कलेजका प्रतिनिधिहरुको सहभागितामा शैक्षिक मेला कार्यक्रम गरेको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा अध्ययनका लागि आवश्यक शैक्षिक परामर्श, लागत तथा अन्य प्रक्रियागत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी अष्ट्रेलिया र युकेका विभिन्न कलेजका प्रतिनिधिहरुले आफ्ना कलेजमा उपलब्ध विषय, अवसर र खर्चसम्बन्धी विवरण प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीका  शिक्षा शाखा प्रमुख मुक्तीनाथ घिमीरेका अनुसार कार्यक्रममा विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा प्रतिनिधिसँग छलफल गर्ने अवसर पाएका थिए, जसले आगामी अध्ययन निर्णयमा सहजता पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रममा विभिन्न ठाउँबाट आएका करिब २ सय ५० जना बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको प्रबन्ध निर्देशक कमल तिम्सिनाले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसले २०१६ देखि इटहरी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । 

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका मुलुकमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ। साथै, संस्थाले IELTS, PTE लगायतका तयारी कक्षा पनि सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो।

कार्यक्रममा संस्थाका कर्मचारी, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।