धरान | प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा आयोजित "शिक्षण विकास कार्यशाला" सम्बन्धि जानकारी आदान-प्रदानका लागि आज एक औपचारिक प्रेस-मिट आयोजना गरिएको छ। कार्यक्रम प्रमुख आर्कषणका रूपमा नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रीय शिक्षा क्षेत्रका बिज्ञ विल भान कोनिङ्सब्रुग (नेदरल्याण्ड) को विशेष उपस्थित थिए ।

कोनिंग्सब्रगे शिक्षण सीप अभिवृद्धि तथा शिक्षकको शिक्षा पद्धति सुधारका उत्कृष्ट विशेषज्ञता र विशेष गरी हस्पिटालिटी क्षेत्रमा आवश्यक क्षमता विकास, कार्यप्रणाली, कार्य-आधारित सिकाइ तथा शिक्षक क्षमता उहाँको नेतृत्व वृद्धि हो ।

उनको अनुभव तथा योगदानहरु ४० वर्ष भन्दा धेरै वर्षको शिक्षण अनुभव र शिक्षक तालिम तथा शिक्षा सुधारका अनेक लेख, तथा प्रकाशनहरु प्रकाशित गरेका छन् । उनले विभिन्न राष्ट्रहरुमा स्वयंसेवीका रुपमा काम गर्दैआएका छन् जस्तै नेदरल्याण्ड, बोस्निया हर्जगोभिना, अफ्रिका मूलूकहरु तान्जानिया, युगान्डा, लेसोथो, इजिप्ट, रुवाण्डा, नाइजेरिया र एसिया राष्टहरु नेपाल, इन्डोनेसिया, बंगलादेश ।

सन् २०२३ मा उनको नेपालमा पहिलो पटकका भ्रमण काठमाण्डैमा रहेको थियो, जसमा उनले एक काठमाण्डैको एक होटल म्यान्जमेन्ट संस्थामा १५ दिनको सम्म त्यहाँका शिक्षक तथा कर्मचारीहरू प्रशिक्षण र परामर्श प्रदान गरेका थिए । उपत्यका बाहिर धरानको प्राइम भिजन इन्टरनेशनल कलेजमा उनको पहिलो भ्रमण हो। जहा प्राइम भिजन इन्टरनेशनल कलेजमा उनको भ्रमणको प्रमुख उपलब्धिहरू तिनै अनुभव र विशिष्टका साथ उहाँको निम्न कार्यहरू रहे :

१। शिक्षा विधि अवलोकन र मूल्यांकन

कलेजका शिक्षकहरूको शिक्षा शैली, अभ्यास, प्रस्तुतिकरण प्रणाली र विधिको विस्तृत समीक्षा गरीएको छ ।

२। अन्तर्राष्ट्रिय मापदण्ड तुलना

प्राइम भिजन को शिक्षण संस्कृति र पद्धतिलाई अन्तर्राष्ट्रीय स्तरमा प्रचलित मापदण्ड विकास गरि सुधारका क्षेत्र मान्यताको पूष्टी गर्न प्रतिवद्ध बनाउने छ ।

३। परियोजना-आधारित सिकाइमा प्रेरणा

शिक्षक, तथा विद्यार्थीहरू प्रविधि-आधारित सिकाइमा प्रोत्साहित गर्ने नवीनतम शिक्षण पद्धति अपनाउन मार्गदर्शन गर्न सुझाव दिइएको छ ।

४। शिक्षा तथा योजना पाठ्यक्रम सुधार छलफल

हालको शिक्षा पठ्यक्रम अनुसार शिक्षा योजना परिमार्जन गर्न सुझाव र विश्लेषण प्रदान गएको छ ।

धरानमा एक महिनासम्म रही प्राइम भिजन इन्टरनेशनल कलेजका शिक्षक, विद्यार्थी, सरोकारवाला सबै संग समन्वय गरी विस्तृत सुधार प्रतिवेदन (गुणस्तर सुधार योजना) उनले तयार गरेका छन् । कलेजले कोनिंग्सब्रुगे द्वारा प्रस्तुत सुझाव र निष्कर्ष प्रति सकारात्मक विचार राखेको छ । कलेजका तर्फबाट शैक्षिक स्तरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अभिवृद्धि र शिक्षक तथा विद्यार्थीको क्षमता विकासमा परिवर्तन तथा शिक्षा पद्धति सुदृढ प्रभावता वडाउन यस प्रतिवेदनले थप उर्जा प्राप्त भएको कलेजका सि. इ. ओ अभिषेक श्रेष्ठले व्यक्त गरेका छन ।

सो प्रतिवेदनमा समेट सुझाव सुधारका बुँदाहरू नियमित रूपमा अनुगमन तथा मूल्यांकन विल भान कोनिंग्सब्रुगद्वारा गरीने छ ।

साथै, ५ वर्षको अन्तरालपछि पुनः नेपाल भ्रमणमा ओइ, प्रतिवेदनमा उल्लेखित सुझाव दिदै प्रगतिलाई पुनरावृत्ति गर्ने छन् । वहाको मार्गदर्शन र अन्तर्राष्ट्रीय अनुभवले हाम्रो अध्ययनलाई महत्त्वपूर्ण दिशानिर्देशन गर्नेमा कलेजले आवश्यक सुधार र नवप्रवर्तनका कार्यक्रम अघि बढाउने कलेजका निर्देशक श्री दुर्गा सुवेदीले बताए ।

यो प्रतिवेदनलाई दीर्घकालीन शैक्षिक विकास योजनाका रूपमा उपयोगी बन्ने विश्वास कलेजले व्यक्त गरेकाछै। यसैबीच, शिक्षाको गुणस्तर अभिवृद्धिकाका लागि यही प्रयासले सकारात्मक परिणामका कारण प्राइम भिजन इन्टरनेशनल कलेजले एशियन एजुकेशन रिभ्यूले प्रदान गरेको एसिया टप १० होटल म्यानेजमेन्ट कलेज २०२५ मा पर्न सफल भएको छ। यो उपलब्धिले संस्थाले शिक्षण सिकाइ तथा शैक्षणिक विकासलाई पुष्टि गर्दछ ।

प्राइम भिजन इन्टरनेशनल कलेजमा अन्तर्राष्ट्रीय मापदण्डका अनुसार उच्चस्तरीय संस्थाका रुपमा रहेको, विल भान कोनिड्सब्रुगको बझाई रहेको छ। "प्राइम भिजन इन्टरनेशनल कलेज मात्र यस्तो संस्था हो जहाँ विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा मात्र होइन, शिक्षकहरूको क्षमता अभिवृद्धिमा पनि समानता देख्न सक्छ । शिक्षकहरुमा यो सुधार अत्यावश्यक छ, र प्राइम भिजन यसै विषयमा केन्द्रित रहि अघि बढनमा गम्भीर छ ।" कलेजका अध्यक्ष अनिल श्रेष्ठले बताए ।