इटहरी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी रुपमा सेवा सञ्चालन हुँदै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ । आयुर्वेद उपचार प्रद्धती नयाँ नयाँ प्रविधिका कारण सेवाग्राहीले बिर्सदै गएको समयमा धनकुटामा भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले थप सेवाहरु विस्तार गरी नयाँ नयाँ आयुर्वेदसम्बन्धी उपचार विधि अपनाउन थालेपछि जिल्लाका सेवाग्राहीहरुमा आयुर्वेद उपचार पद्धती झनै लोकप्रिय र प्रभावकारी बन्दै गएको हो । दिनप्रतिदिन आयुुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा विभिन्न प्रकारका थप उपचार सेवाहरु विस्तार गरेपछि उपचार गर्न आउनेहरुको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धी हुँदै आएको छ । यसले गर्दा धनकुटामा आयुर्वेद उपचार विधि अहिले झनझन लोकप्रिय र उपयोगी बन्दै गएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका व्यवस्थान तथा सञ्चालन समितिका सदस्य विजय सन्तोषी राईले आयुर्वेद उपचार प्रदतीको महत्त्व र आवाश्यकता अहिले झनझन बढ्दै गएकाले जनस्तरसम्म आयुर्वेद उपचार पद्धतीबारेमा जनचेतना जागृत गर्नुपर्ने बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाबाट ओ।पी।डी, प्रयोगशाला, निःशुल्क औषधी वितरण, योग, पूर्वकर्मरपंचकर्म सशुल्क फार्मेसी सेवाहरु सञ्चालनमा रहेको जानकारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा।विद्या श्रेष्ठले दिनुभयो । साथै आर्थिक वर्ष २०८०र२०८१ मा ६ हजार ७ सय ७४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र आर्थिक वर्ष २०८१र२०८२ मा ७ हजार ७ सय ३० जनालाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिएको समेत उहाँले बाउनुभयो ।
यसैगरी, आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाअन्तर्गत सञ्चालन भइरहेको, सहिदभूमी गाउँपालिकाका छिन्ताग आयुर्वेद औषधालय पाख्रिवासमा नागरिक आरोग्य सेवा केन्द्र महालक्ष्मी नगरपालिकाको आरोग्य सेवा केन्द्र, चैविसे गाउपालिकाका आरोग्य सेवा केन्द्रहरु माफर्त पनि आयुर्वेद सम्बन्धी सेवा सञ्चालन भइरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द धनकुटाबाट ओपिडि सेवाअन्तर्गत विभिन्न पेटसम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छालासम्बन्धी रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदिको उपचार गरिँदै आएको जानकारी दिँदै डा श्रेष्ठले प्रयोगशालामा विभिन्न अत्याधुनिक उपकरणहरुको प्रयोग गरी रगत, दिसा, पिसाब आदिको जाँच गरी सेवा उपलब्ध गराई रहेको जानकारी दिनुभयो ।
यसैगरी, आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट निःशुल्क औषधी वितरणअन्तर्गत २३ प्रकारका आयुर्वेद औषधीहरु वितरण गरिँदै आएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट सशुल्क फार्मेसीबाट आयुर्वेदक औषधीहरु सुपथ मूल्यमा बिक्री गर्न थालिएको छ । पूर्वकर्मरपंचकर्मअन्तर्गत शरीरमा भएका विकारहरु हटाउन, शरीर संशोधन गर्न, गठ्ठीया, वातरोग पक्षघात लगायत अन्य रोगहरुका उपचार समेत गरिरहेको जानकारी दिँदै सो स्वास्थ्य सेवा केन्द्र धनकुटाले ज्येष्ठ नागरिक सेवाअन्तर्गत बलवर्धक अश्वगन्धा र आमलकी चुर्ण निःशुल्क वितरण गरिँदै आएको छ ।


